बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

घरमै पुगेर कोशी सरकारले उपलब्ध गरायो आगलागीबाटज्यानगुमाएका परिवारलाई राहत

मङ्गलवार, चैत ६, २०८०
  भोजपुर,हतुवागढी / भोजपुरको हतुवागढी ७ पिप्लेमा आगलागी बाट ज्यान गुमाएका बालबालिकाको परिवारलाई कोशी प्रदेश सरकारले एक लाखका दरले राहत रकम बुधबार उपलब्ध गराएको छ । मुख्यमन्त्री केदार कार्कीले पीडितलाई समवेदना दिँदै ज्यान गुमाएका बालबालिकाका दुई परिवारलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय बाट एक लाखका दरले राहत रकम हस्तान्तरण गर्नु भएको हो । राहत हस्तान्तरण गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले दुःखको समयमा सरकारले मलम पट्टी लगाएको उल्लेख गर्नुभयो । ‘प्रदेश तथा स्थानीय सरकार घर आँगनकै सरकार भएकाले जनताको समस्यामा तथा पीडामा सधैँ साथ रहन्छ, उहाँले भन्नुभयो, दुःखमा सरकार सँगै छ ।’ चेक हस्तान्तरण कार्यक्रममा भोजपुर बाट कोशी प्रदेशमा निर्वाचित सांसद विनोद बान्तवा राई, सृजना राई, कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मी प्रसाद पौडेलका साथै स्थानीय जनप्रतिनिधि सहभागी हुनुभएको थियो । शनिवार भएको आगलागीमा स्थानीय रमेश कार्कीका ५ वर्षिया छोरी दिप्सीकाकार्की, ३ वर्षीय छोरा दिउनिषकार्की र केदार कार्कीका ४ वर्षीय छोरा प्रनिषकार्कीको ज्यानगएको थियो । मुख्य मन्त्री कार्कीको अपिलः सावधान र जिम्मेवार बनौँ मुख्यमन्त्री केदार कार्कीले यो समय हावाहुरीका साथै आगलागी बढी हुने समय पनि भएकाले सावधान रहन अपिल गष्नर्स भएको छ । एक सन्देश मार्फत उहाँले भन्नु भएको छ ‘वन जंगलमा डढेलो लगाउने कार्य नगर्न, स–साना बालबालिका नजिक आगलागीजन्य वस्तुका साथै प्रज्वलनशील पदार्थ नराख्न, आगोको काम सकिए पछि पूर्णरुपमा निभाउन, ग्यास तथा विद्युतीय सामग्रीहरू सावधानी पूर्वक प्रयोग गरी यस्ता घटना न्यूनीकरण गर्न सकिन्छ । विपद्को घटनाहुनासाथनजिकको प्रहरी कार्यालयको कन्ट्रोल १०० र दमकल सेवाका लागि १०१ मा जानकारी गराई जिम्मेवार नागरिकको कर्तव्य निभाउनका लागि अनुरोध गर्दछु ।’  
सम्बन्धित खबर