बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

सोमवार, चैत ५, २०८०
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरले जानकारी दिए । उनलाई काठमाडौँ ल्याइँदैछ । अवैध सुन प्रकरण जाँचबुझ आयोगको रिपोर्टमा गरिएको सिफारिस बमोजिम पक्राउ परेका महरालाई यति एअरलाइन्सको जहाजबाट काठमाडौँ ल्याइँदैछ । पूर्वसभामुख महरासँग आयोगले यसअघि बयानसमेत लिएको थियो। साथै, महराका छोरा राहुल विद्युतीय चुरोट (भेप) मार्फत् भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । यस प्रकरणबारे सिआइबीले गरेको अनुसन्धानमा त्रुटि रहेको छानविन समितिले निष्कर्ष निकालेको थियो ।
सम्बन्धित खबर