बुधवार, असोज ३०, २०८१
Sancharmanch

कृषि बजार व्यवस्थापन समिति बिर्तामोडको अध्यक्षमा निरज कुमार ओली निर्वाचित

शनिवार, चैत ३, २०८०
झापा/ झापाको बिर्तामोड स्थित कृषि बजार व्यवस्थापन समितिको अध्यक्षमा निरज कुमार ओली निर्वाचित हुनु भएको छ । ब्यवसायिहरुका प्रतिनिधी खगेन्द्र महतोलाई एक मतले पराजित गरी ओली अध्यक्षमा निर्वाचित हुनु भएको हो । ओलीले ३ मत ल्याउँदा महतोले २ मत पाउनु भएको थियो । ओलीलाई नेपाली कांग्रेस समर्थक मतदाताहरुले सहयोग गरेको बुझिएको छ । महतोलाई एमाले समर्थक पार्वता बजगाई र पूर्ण खड्काले मत दिएका थिए भने ओलीलाई कांग्रेस समर्थक इन्द्रजित चौधरी , पार्वती खतिवडा(ज्योति) र वडाध्यक्ष रोहित प्रसाईले मत दिएर जिताएको जनाइएको छ । एक मत बदर र एउटा मतपत्र खाली रहेको प्रमुख निर्वाचन अधिकृत कृषि विभागका बरिष्ट कृषि अर्थ विज्ञ तिलकराज चौलागाईले जानकारी दिनुभयो । विवाद भएर चारपटक स्थगित भएको निर्वाचन शनिबार सम्पन्न भएसँगै नयाँ नेतृत्वका लागि ४० जना मतदाता मध्ये बाट ३ जना कृषक प्रतिनिधी चयन भएको थियो । जस अन्तर्गत निरज कुमार ओली, पूर्ण बहादुर खड्का र पार्वता बजगाई निर्वाचित हुनु भएको थियो । गत फागुन २० गते कृषि बजारका व्यवसायीहरुको निर्वाचन बाट निर्वाचित ३जना प्रतिनिधीहरु खगेन्द्र महतो, ज्योति चुडाल पार्वती र इन्द्रजित चौधरी निर्वाचित हुनु भएको थियो । कृषि बजार व्यवस्थापन समिति बिर्तामोडको कार्यक्षेत्र ८ वटा पालिका रहेको छ । बिर्तामोड , अर्जुनधारा , कन्काई , मेचीनगर , भद्रपुर नगरपालिका तथा बाह्रदशी ,हल्दिवारी र बुद्धशान्ति गाउँपालिका बाट पाँच–पाँच जनाका दरले किसान प्रतिनिधि पठाएका थिए । तिनै ४० जना किसान प्रतिनिधिहरु विच भएकोे निर्वाचनका लागि ३९ जनाले मतदानगरेका थिए । निर्वाचन गराउनका लागि नेपाल सरकार कृषि विकास मन्त्रालय अन्तर्गत कृषि बिभाग वाट प्रमुख निर्वाचन अधिकृतको रुपमा बरिष्ठ कृषि अर्थ विज्ञ तिलकराज चौलागाई, निर्वाचन अधिकृत कृषि प्रसार अधिकृत भवानी खतिवडा, कृषि प्रसार अधिकृत पुष्पा ज्ञवाली रहनु भएको थियो ।
सम्बन्धित खबर