बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

फेन्सोङ्ग लाप्चा गुम्बा ब्यवस्थापन समितिको चौथो बार्षिक साधारण सभा, पालिकाले अतिक्रमण गरेको गुनासो

शुक्रवार, चैत २, २०८०
इलाम/ इलामको सुर्योदय नगरपालिका वडा नं. १० फिक्कलको मुटुमा रहेको फेन्सोङ्ग लाप्चा गुम्बा ब्यवस्थापन समितिको चौथो बार्षिक साधारण सभा सम्पन्न भएको छ । गुम्बा ब्यवस्थापन समिति द्वारा सञ्चालित रोङ सेजुम ठी लाप्चा भवनमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्ने लाप्चा समुदायका बक्ताहरुले नगरपालिकाले बिकासका नाममा अनाधिकृत ढंगले, गुम्बा समितिलाई जानकारी नदिई बाटो निर्माण गर्न सयौँ वर्ष पुरानो गुम्बालाई असर पर्ने गरी मध्यरातमा डोजर चलाएको प्रति आपत्ति जनाएका थिए । माघ २१ गते ५ लाख बजेट बाट बाटोको नक्सा बिपरित जेसिवि लगाएर खनाएको बाटोका कारण गुम्बा सामान्य भुकम्प आए भत्कीने अवस्थामा पुगेको देखिन्छ । बाटो खनि सकेपछि गुम्बा समिति बाट नगरपालिका डेलिकेशन जाँदा जनप्रतिनिधीले माफ मागेको गुम्बा समितिका उपाध्यक्ष उमेश लेप्चाले बताउनुभयो । नगरपालिकाले निर्माण गरेको बाटोका कारण गुम्बालाई नोक्सानी पुगेको कार्यक्रममा बोल्ने बक्ताहरुले धारणा राख्नु भएको थियो । संरक्षण गर्नु पर्ने स्थानलाई चौतर्फी आक्रमण भएको संविधानसभा सदस्य शकुन्तला लाप्चाले बताउनुभयो । गुम्बाको जमिन धनिपुर्जामा भए कमोजिमको क्षेत्रफल नगुग्ने भन्दै बाटो निर्माणमा बिरोध नगरेको र बाटो निर्माण गर्दा सिमानालाई ध्यानमा राख्नु पर्ने धारणा राख्नुभयो । लोपोन्मुख जाति लाप्चाहरुको लामो इतिहाँस बोकेको गुम्बा संरक्षण नभए इतिहाँसनै संकटमा पर्ने देखिन्छ । नगरपालिकाले गुम्बाको क्षेत्राधिकार भित्रको जमिनमा बनाए को पार्कको सन्दर्भमा पनि सारोकारवालाहरुले आपति जनाएका छन् । नगर प्रमुख रनबहादुर राईले आफैँले पनि गुम्बा निक्कै पुरानो १ सय वर्ष भन्दा वढि भएको स्विकार्दै संरक्षण गर्न नगरपालिकाले योजना सञ्चालन गर्न कानुन बमोजिम काम गर्न नसकिएको बताउँदै पुरातात्विक क्षेत्र भनेर संबोधन गर्न समेत नसकिने धारणा राख्नुभयो । प्रेम बहादुर लाप्चाको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख रन बहादुर राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा संविधान सभा सदस्य शकुन्तला लाप्चा, टिकाराम लाप्चा, जिल्ला समन्वय समिति इलामकी उप प्रमुख चित्रकला बराइली, रोङ सेजुमठी का अध्यक्ष बिर बहादुर लाप्चा साथै विभिन्न पार्टिका प्रतिनिधी तथा प्रमुखहरु, सुरक्षाकर्मीका प्रतिनिधीहरु लगायतको उपस्थिति रहेको थियो । चौतर्फि ढंगले गुम्बाको जमिन अतिक्रमणमा परेको जानकारहरुले गुनासो गरेका छन । लाप्चाहरुको धेरै पुरानो धर्म ग्रन्थलाई संरक्षण गरेर राखीएको सो क्षेत्रको संरक्षणमा पुरातत्व विभागले समेत ध्यान पुर्याउन जरुरी रहेको देखिन्छ ।
सम्बन्धित खबर