बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

अन्तर्राष्ट्रिय झापाली समाजद्वारा पत्रकार सहारा उपचार कोषलाई दुई लाख ५० हजार रुपैयाँ प्रदान

आइतवार, फागुन २७, २०८०
अन्तर्राष्ट्रिय झापाली समाजले पत्रकार सहारा उपचार कोषलाई दुई लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ ।   नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा समाजले शनिबार बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरेर दुई लाख रुपैयाँको चेक महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई हस्तान्तरण गरेको छ । अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगाना, संस्थापक अध्यक्ष तथा संरक्षक दीनेशकुमार पोखरेल र मध्यपूर्व क्षेत्रीय सहसंयोजक भवानी कोइरालाले उक्त रकमको चेक प्रदान गर्नु भएको थियो । समाजले यस अघि पनि ५० हजार रुपैयाँ बाट कोषलाई सहयोग गरेकोे थियो । अघिल्लो पटकको सहयोग सहित हालसम्म समाजले महासंघ झापालाई दुई लाख पचास हजार रकम सहयोग गरिसकेको छ । सञ्चारकर्मीहरुको सामाजिक सुरक्षा मार्फत हित पुग्ने उद्देश्य अनुरुप स्थापित पत्रकार सहारा उपचार कोषमा समाजले विगत देखिनै सहयोग गर्दै आएको छ । समाजका संस्थापक अध्यक्ष तथा एनआरएनए ओसेनिया क्षेत्रीय संयोजक समेत रहनु भएका पोखरेल र अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगाना साथै मध्यपूर्व क्षेत्रीय सहसंयोजक भवानी कोइरालाले नागरिकलाई सूसुचित गराउन अहोरात्र मिहेनत गर्नेे सञ्चारकर्मीहरुलाई समस्या परेको समयमा कोषको ब्याजबाट उपचार खर्च दिने पत्रकार सहारा उपचार कोषको तारिफ गर्नु भएको छ । झापाली सञ्चारकर्मीहरुको सामाजिक सुरक्षा र दीगो हितका लागि पत्रकार महासंघले उदाहरणीय कार्य गरेकोमा दाताहरुले खुसी ब्यक्त गर्नु भएको छ । विश्व भरका ४० भन्दा बढी राष्ट्रहरुमा अन्तर्राष्ट्रिय झापाली समाजको शाखा विस्तार भएको बताइउको छ । यस अघिदेखिनै समाजले झापा जिल्लामा मानवीय तथा सामाजिक सेवाका क्षेत्रमा विविध कामहरु गर्दै आएको छ । सोही कार्यक्रमको अवसरमा बिर्तामोडमा व्यवसाय गर्दै सामाजिक विकासको क्षेत्रमा योगदान गर्नु भएका सामाजिक व्यक्ति मोहन पोखरेलले कोषका लागि थप ५१ हजार रुपैयाँको चेक समेत हस्तान्तरण गर्नु भयो । नेपा पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोषको रकम लक्ष्य अनुसार दाताहरुकै सहयोगबाट एक करोड रुपैयाँक नजिक पुग्न लागेको बताइएको छ । कोषमा जम्मा भएको रकम बाट प्राप्त हुने व्याजलाई परिचालन गर्दै सञ्चारकर्मीहरु विरामी तथा दुर्घटनामा परेको समयमा उपचारका लागि सहयोग गरिँदै आएको छ । कोषमा एक करोड रकम जम्मा भईसके पछि महासंघले सो को घोषणा साथै कोषलाई सहयोग गर्ने दाताहरुलाई सम्मान गर्ने जनाएको छ । महासंघका अध्यक्ष एकराज गिरीले अध्यक्षता गरेको कार्यक्रमलाई उपाध्यक्ष केशव भट्टराईले स्वागत गर्नु भएको थियो भनेसहसचिव अर्जुन राजवंशीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
सम्बन्धित खबर