बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

जेष्ठ नागरिक जिल्ला संघ झापाको ११ औँ बार्षिक साधारण सभा साथै चौथो अधिवेशन कार्यक्रम सम्पन्न

आइतवार, फागुन २७, २०८०
जेष्ठ नागरिकको सम्मान राष्ट्रको पहिचान भन्ने मुल नारा सहित जेष्ठ नागरिक जिल्ला संघ झापाको ११ औँ बार्षिक साधारण सभा साथै चौथो अधिवेशन कार्यक्रम सम्पन्न भएको छ । आगामि कार्यकालका लागि नेतृत्व छनौटका लागि अधिवेशनसहित साधारण सभा सम्पन्न भएको हो । बिर्तामोड उद्योग बाणिज्य संघका नव निर्बाचित अध्यक्ष राजु न्यौपानेले जेष्ठ नागरिकहरु हाम्रा अभिभावक भएको हुँदा उहाँहरुलाई सम्मान गर्नु पर्ने धारणा राख्दै जेष्ठ नागरिक आमा बुबाहरुलाई सम्मान गर्न नसक्नेले जिवनमा प्रगति गर्न नसक्ने धारणा राख्नु भयो । कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिका नगर प्रमुख पवित्रा महतरा प्रसाइको बाहुलि बाट विर्तामोड नगरपालिका वडा नं. ४ मा रहेको नव निर्मित जेष्ठ नागरिक जिल्ला संघको भवन उध्घाटन गर्दै कार्यक्रमको सुभारम्भ भएको थियो । कार्यक्रममा बोल्दै बिर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाईले भोगाई बाट जेष्ठ हुनु भएको सम्मानित अभिभावकलाई सम्मान गर्नु पर्ने बताउँदै जेष्ठ नागरिकको सल्लाह सुझावलाई सिरोधार्य गरेर अगाडि वढ्नु पर्ने धारणा राख्नुभयो । ंबिर्तामोड नगरपालिका वडा नं. ४ का पूर्व वडा अध्यक्ष कुल प्रसाद संग्रौलाको पहलमा वडाको बजेट बाट निर्माण कार्य सुरु भएको भवन निर्माणका लागि स्थानिय राजेन्द्र संग्रौलाले निशुल्क जमिन उपलब्ध गराउनु भएको थियो । साथै दाताहरुको सहयोग रहेको कोषाध्यष कुल प्रसाद संग्रौलाले बताउनु भयो । कार्यक्रममा बोल्दै बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बाँस्तोलाले स्थानिय सरकारले ३ तहमा बिकासको क्षेत्र छुट्याउदा महिला, बालबालिका र जेष्ठ नागरिकका क्षेत्रलाई सम्बोधन गर्नु पर्ने ब्यवस्था रहेको बताउनुभयो । सोहि कार्यक्रमको अवसरमा कार्यक्रमका प्रमुख अतिथि पवित्रा महतरा प्रसाई र जेष्ठ नागरिक जिल्ला संघ झापाका अध्यक्ष साथै कार्यक्रमका अध्यक्ष इश्वरी प्रसाद तिमल्सेना, बिर्तामोड उद्योग बाणिज्य संघका नव निर्वाचित अध्यक्ष राजु न्यौपाने, बिर्तामोड शाना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बाँस्तोला लगायत बाट भवन निर्माणमा सहयोग गर्नुहूने विर्तामोड नगरपालिका वडा नं. ४ का दाताहरु गणेश प्रसाद खनाल, खिमादेवी दाहाल, गोपाल श्रेष्ठ, शिव दाहाल, पदमा कुमारी बाँस्कोटा, कपिलमणि शिवाकोटी, रुद्र ढकाल, साबित्रीदेवी अग्रवाल लाई दोसल्ला साथै प्रमाणपत्रले सम्मान गरिएको थियो । कार्यक्रमका अध्यक्ष साथै जेष्ठ नागरिक जिल्ला संघ झापाका अध्यक्ष इश्वरी प्रसाद तिमल्सेनाले जेष्ठ नागरिक जिल्ला संघ झापाका पदाधिकारी साथै सहभागि प्रतिनिधीहरुलाई धन्यवाद ग्यापन गर्नु भयो । कार्यक्रमकै अवसरमा झापा जिल्लामा रहेर जेष्ठनागरिकहरुको हक हित र संरक्षणमा लागि पर्नु भएको जेष्ठ अभियान्ता ३ जना पूर्व अध्यक्ष हरिप्रसाद ओली, जेष्ठनागरिक संघ बुद्धशान्ति गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद फुयल र जेष्ठनागरिक संघ बाह्रदशी गाउँपालिका सचिव ताला मुर्मुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रमका अध्यक्ष साथै कोषाध्यक्ष बाट आ–आफ्ना प्रतिवेदन प्रस्तुत भएको थियो । चौथो अधिबेसन बाट आगामि कार्यकालका लागि कार्यसमिति चयन गरिने संघले बताएको छ ।  
सम्बन्धित खबर