बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

आमा समूहद्वारा १ सय १४ औँ नारी दिवसको अवसरमा शैक्षिक सामग्री तथा लत्ताकपडा बितरण

आइतवार, फागुन २७, २०८०
झापा/ झापाको बिर्तामोड नगरपालिकामा स्थापना भएको उर्जाशील रामधुनि आमा समूहले ११४ औँ नारी दिवस विभिद कार्यक्रमको आयोजना गरेर मनाएको छ । लैंगिक समानतासँग सम्बन्धित नाटक प्रस्तुत गर्दै समूहले मदरसामा अध्ययन गर्ने एक सय बिपन्न विद्यार्थिलाई शैक्षिक सामग्री र अभिभावकलाई लत्ता कपडा वितरण गरेर कार्यक्रम सम्पन्न गरेको थियो । विभिन्न समयमा आउने अवसरहरु पारेर आमा समूह द्वारा विपन्न नागरिकहरुलाई सहयोगका कार्यक्रमहरु सञ्चालन हुदै आएका छन् । सोहि कार्यक्रमका बिच भर्खरै सम्पन्न भएको विर्तामोड उद्योग बाणिज्य संघको निर्वाचन बाट नव निर्वाचित पदाधिकारहिरुलाई समेत स्वागत सम्मान गरेको थियो । त्यसै गरी जेष्ठ नागरिक संघ झापाका नव निर्वाचित पदाधिकारीहरुलाई समेत स्वागत साथै सुभकामना दिदै समूहले समाजका लब्ध प्रतिष्ठित ब्यक्तिहरु साथै मदरसाका शिक्षक शिक्षिकाहरुलाई समेत सम्मान गरेको थियो । समूहकी अध्यक्ष गंगा शिवाकोटी (ढकालको) पअध्यक्षता रहेको कार्यक्रममा जिल्ला समन्वय समिति झापाका उप प्रमूख शान्ता रोकाको प्रमुख आतिथ्यता रहेको थियो । साथै कार्यक्रममा संस्थाका सदस्यहरु शान्ति मैनाली, रस्मिला लम्साल खतिवडा, रिता शिवाकोटीले नाटक प्रस्तुत गर्नु भएको थियो ।   समुहकी सदस्य बिना गुरुङले स्वागत गर्नु भएको कार्यक्रम संस्थाकी सदस्य समृद्धी थापाले सम्योजन गर्नु भएकोे थियो भने सह संयोजकमा जोश्ना प्रसाई रहनु भएको थियोे । कार्यक्रम संस्थाकी सदस्य सरिता थपलिया सिवाकोटीले सञ्चालन गर्नु भएको थियो ।
सम्बन्धित खबर