बुधवार, असोज ३०, २०८१
Sancharmanch

डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लब झापा गोल्डकप प्रतियोगिताबाट बाहिरियो

शनिवार, फागुन २६, २०८०
झापा । डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लब झापा गोल्डकप प्रतियोगिताबाट बाहिरिएको छ । शुक्रबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा सशस्त्र प्रहरीको एपिएफ एफसीसंग १-० गोल अन्तरले पराजय व्यहोर्दै आर्मी प्रतियोगिताबाट बाहिरिएको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको प्रतिस्पर्धामा ‘अन-गोल’ लागेको थियो । खेलको ६९ औं मिनेटमा लागेको त्यो गोल निर्णायक हुन पुग्यो ।  शुक्रबारको जितसँगै एपिएफले कम्तिमा ७ लाख रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ । पहिलो हाफसम्म खेल बराबरीमा रहे पनि दोस्रो हाफमा दुवै टिमबाट आक्रामक प्रहारहरू भएका थिए । शनिबार दोस्रो सेमीफाइनल खेल घरेलु टिम झापा ११ र चर्च ब्वाइजबीच हुनेछ । प्रतियोगिताको विजेताले १३ लाख रुपैयाँ नगद र आकर्षक ट्रफी पाउनेछ । उपविजेताले ७ लाख रुपैयाँमा चित्त बुझाउनेछ । फागुन १९ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल फागुन २८ गते हुनेछ ।
सम्बन्धित खबर