बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

बिर्तामोड सफाईमा निराकारको उत्कृष्ट ब्यवस्थापन

बुधवार, फागुन २३, २०८०
झापा/ झापाको बिर्तामोड नगरपालिकामा लामो समय देखी समस्याको रुपमा रहेको फोहोर ब्यवस्थापन सहज रुपमा हुन थालेको छ । केहि समय अघि सम्म फोहोर ब्यवस्थापनका लागि उपयुक्त क्षेत्र नभेट्दा लामो समय सम्म सडक पेटीमै फोहोरको थुप्रो रहने गरेको देखिन्थ्यो । पछिल्लो समय बिर्तामोडको सरसफाईका लागि निराकार सफाई सेवा प्रा.लिले कर्मचारी ब्यवस्थापन गरेर बिर्तामोडको मुहार फेर्ने भुमिकालाई ससक्त बनाएको छ । जसमा बिर्तामोड नगर बासी आम नागरिकहरुले साथ र सहयोग दिन जरुरी रहेको स्थानिय हरिकृष्ण डालमिया बताउनु हुन्छ । नगरपालिका बाट सरसफाईको ठेक्का पाएको कम्पनी बाट हाल सम्म कुनै पनि कम्जोरी नभएको बताउँदै डालमियाले राजनितिक दल साथै बाणिज्य संघ बाट पनि फोहोर छुट्याएर संकलन गर्नु पर्ने धारणा राख्नु भयो । हामिले विर्तामोडका विभिन्न क्षेत्रमा भएको फोहोर कसरी उठिरहेको छ ? भन्ने सन्दर्भमा विभिन्न वडा तथा टोलसम्म पुगेर आम नागरिकका धारणा लिएका छौँ । बिर्तामोड ३ स्थित बिर्ताबजारमा पसल गर्दै गर्नु भएका विर्तामोड नगरपालिका वडा नं. ९ का महानन्द भेटवाल नियमित रुपमा फोहोर उठ्ने गरेको बताउनु हुन्छ । विर्तामोड नगरपालिकालाई पछिल्लो समय फोहोर ब्यवस्थापनका लागि जमिन ब्यवस्थापन गर्ने काममा केहि सहज परिस्थितिको सिर्जना भए सँगै सरसफाईको क्षेत्रमा ठुलो परिवर्तन भएको विर्तामोड ३ का स्थानिय ब्यवसायि महमद अलि बताउनु हुन्छ । पहिलेको तुलनामा हाल सरसफाईको अवस्था ९० प्रतिसत राम्रो रहेको देखिन्छ । सफाइका लागि काम गरिरहेको कम्पनी बाट आफ्नो टोलमा सफाईको गाडि नियमित आउने गरेको बिर्तामोड ५ का स्थानिय ब्यवसायी कृष्ण अधिकारी बताउनु हुन्छ। सुरु सुरुमा सरसफाईको लागि बढिफोहोर उत्सर्जन हुने क्षेत्र र कम फोहोर उत्सर्जन हुने क्षेत्रको पहिचान गर्न समय लागेका कारण कतिपय नागरिकहरुमा असतिुष्टि हुनु स्वभाविक पनि हो । तर पछिल्लो समय बिर्तामोडका विभिन्न टोल तथा गल्लिहरुको पहिचान गर्दै सफाईको ब्यवस्थापनका लागि सेवा प्रदायक कम्पनी बाट नियमित सेवा दिइरहेको पाइन्छ । बिर्तामोड नगरपालिका वडा नं. १ पञ्चकन्यकी स्थानिय तारा पौडेल फोहोर ब्यवस्थापनका लागि लागेको शुल्क अनुसार नियमित उठ्ने गरेको बताउनु हुन्छ । हामिले कार्यक्रम छायाँङ्कन गरिरहेको समयमा एक जना स्थानिय नागरिकले सडक किनारामै फोहोर फाल्दै गरेको भेटेका थियौँ । त्यति बेला सम्म सरसफाईको गाडि सहितको टोली यो स्थानको सरसफाई सकेर अर्को स्थानमा पुगिसकेको थियो । हामिले उहाँलाई संझाएपछी उहाँले फोहोर पुन त्यहाँ बाट उठाउनु भयो । यसरी हेर्दा आम नागरिकहरुमा पनि चेतनाको कमीका कारण फोहोर ब्यवस्थापनमा समस्या रहेको देखिन्छ । बिर्तामोड नगरपालिकालाई सुन्दर बनाउनका लागि नगरपालिकाले जमिन ब्यवस्थापन गरेर गरेको कार्य हाल परिणाममूखी रहेको पाइन्छ । आम नागरिकहरुले घर घरमा फोहोर सेक्रिगेशन अर्थात छनौट गर्न जरुरी रहेको नगर प्रमुख पबित्रा महतरा प्रसाईले बताउनु भयो । आज हामिले सरसफाईको अवस्थाका बारेमा छड्के अवलोकन गर्दा बिर्तामोड नगरपालिका भित्रको सरसफाईमा निराकार सफाई सेवा प्रा.लि. ले उत्कृष्ठ कार्य सम्पादन गरिरहेको पायौँ । कहिँ सफाईका कर्मचारीहरुले काम गरिरहेका छन त कहिँ जेसिविको सहयोगमा लामो समय सम्म जकडिएको फोहोर उठाउँदै गरेको हामिले भेट्यौँ । सरसफाईको अवस्थाका बारेमा आम नागरिकहरुको धारणा बुझ्दा पनि सन्तुष्टिका भनाईहरु रहेका छन । यि याबत कुराहरुलाई मध्यनजर गर्ने हो भने, सफाईको ठेक्का पाएको कम्पनिलाई टोल तथा बजारका गल्लिहरुको पहिचान गर्न बल्ल सकेको र एउटा सिस्टममा काम गर्न सुरु भएको देखिन्छ । यस भन्दा अघि सरसफाईका क्षेत्रहरुको पहिचान गर्दा गर्दै रुट मिलाउदै र उपभोक्ता पहिचान गर्दा गर्दै लामो समय ब्यतित भइसकेको हुँदा यसलाई निरन्तरता दिने कुरामा बिर्तामोड नगरपालिकाले समयमै निर्णय गर्न जरुरी छ ।
सम्बन्धित खबर