बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

लागुऔषध दुर्ब्यसन हटाउने अभियानमा टोल टोलमा पुग्दै दारी ग्याङ झापा

मङ्गलवार, फागुन २२, २०८०
झापा/ लागुऔषध दुर्ब्यसन हटाउने अभियानमा दारी ग्याङ झापाले टोल टोलमा पुग्ने अभियान सञ्चालन गरिरहेको छ । झापाको बुद्धशान्ति गाउँपालिकाको आर्थिक सहयोगमा दारी ग्याङ झापाले लागु औषध न्युनिकरणका लागि शन्देसमूलक भिडियो प्रदर्शनी गरेको छ । सोमबार गाउँपालिकाको वडा नं. ७ मा पर्ने सुनमाईमा साँझ ६ बजे र वडा नं. ४ को हापिनचोकमा ७ः३० बजे भिडियो सामग्री प्रदर्शन गरेको हो । दारी ग्याङ झापाले सञ्चालन गरेको भिडियो सामग्रीले समाजमा महत्वपूर्ण भुमिका खेल्ने बताउँदै स्थानिय युवा सञ्चारकर्मी दिपेन लावतिले समाज लागु औषध दुर्ब्यसनिमा जानि नजानि फसिरहेको बताउनुभयो । दारी ग्याङ झापाले विगत देखिनै समाज रुपान्तरणका क्षेत्रमा योगदान पुर्याउदै आएको छ । दारी ग्याङको अनुरोधलाई मध्यनजर गद गाउँपालिकाको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको वडा नं. ७ का अध्यक्ष चन्द्र प्रसाद भण्डारीले बताउनुभयो । १० देखि २५ वर्ष सम्मका बालबालिका साथै युवा युवतीलाई लक्षित गरेर कार्यक्रमको आयोजना गरिएको बताउँदै अध्यक्ष भण्डारीले भिडियो सामग्री बाट लागु औषध न्युनिकरणका लागि सचेतना जगाउन भुमिका खेल्ने बिश्वास ब्यक्त गर्नु भयो । दारी ग्याङ झापाले बुद्धशान्ति गाउँपालिका भित्रका विभिन्न स्थानमा पुगेर प्रदर्शनी गरिएको भिडियो कार्यक्रम मार्फत युवाहरुलाइ सचेत गराउन सहयोग पुग्ने देखिएको छ । बुद्धशान्ति गाउँपालिका वडा नं. ४ गाउँपालिकाकै ठुलो वडाको रुपमा रहेको वताउँदै वडा अध्यक्ष सेर बहादुर रायले लागु औषधका कारण समाजको स्वरुपनै बिग्रिने बताउनु भयो । साथै बेरोजगार, अशिक्षा लगायतका समस्याहरुका कारण पनि समाजमा लागु औषधले डेरा जमाइरहेको बताउँदै लागु औषध बाट बालबालिकाहरुलाई चाउनका लागि अभिभावक पनि चनाखो हुनु पर्ने धारणा राख्नु भयो । सोमबार दुई स्थानमा आयोजना गरिएको शन्देश मुलक भिडियो सामग्री प्रदर्शनी कार्यक्रम दारी ग्याङ झापाका अध्यक्ष गोकुल पौडेलको अध्यक्षता रहेको थियो । दारी ग्याङ झापाका सल्लाहकार सदस्य उमेश तिम्सिनाले सम्योजन गर्नु भएको कार्यक्रम दारी ग्याङ झापाका सचीव विवेक सुन्दासले सञ्चालन गर्नु भएको थियो ।
सम्बन्धित खबर