बुधवार, असोज ३०, २०८१
Sancharmanch

झापाको गौरादह १ मा नबिनतम प्रबिधियुक्त पावर टिलरको परिक्षण सफल

मङ्गलवार, फागुन २२, २०८०
झापाको गौरादह नगरपालिका वडा नं. १ मा कृषकहरुले नबिनतम प्रबिधियुक्त पावर टिलरको परिक्षण गरेका छन् । जस्ले कृषि यान्त्रिकिकरणमा एउटा सफल अध्यायको सुूवात भएको महसुस भएको छ । कुबेर एण्ड सन्स इटहरीले चाइना बाट इम्पोर्ट गरेको यो मेसिनको परिक्षण सफल भएको हो । अमेरिकि कम्पनी वासडनले मेनिफेक्चर गरेको मेसिन चइनामा फिटिङ गरेर नेपाल ल्याइएको जनाईएको छ । मेसिनको गोलो स्टेरिङ भएका कारण यसलाई प्रयोगमा ल्याउन सहज हुने देखिएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ६ बाट गौरादह सम्म मेसिन हेर्न आउनु भएका भिम कणेल सामान्य पावर टिलरमा बढिा भाइब्रेसन हुने तर यो मेसिनमा त्यस्तो भाईब्रेसन नभएको बताउनु भयो । करिब एक सय कृषकका बिच खेतमै जोतेर देखाइएको मेसिनका बारेमा बुझ्न र यसको उपयोगितासँगै प्रविधि बारे ज्ञान लिनका लागि सिक्न आउने कृषकहरुले निशुल्क अपरेटिङ तालिम समेत पाएका थिए । गौरादह ४ का किसोर घिमिरेले पहिले सामान्य पावर टिलर सञ्चालन गरेको बताउँदै यो मेसिन चलाउदाको अनुभव यसरी सेयर गर्नु भयो । यो पावर टिलरमा एक पटक बाँझो फुटाएको जमिनमा जोत्नका लागि मेसिनमै सिस्टम मिलाउन सकिने ब्यवस्था रहेको छ । खेत बारी सम्म पुर्याउनका लागि टायर जडान गरेर लान सकिने साथै जोत्नका लागि सजिलैसँग हलो जोड्न सकिने फिचर कृषकका लागि किफायति हुने देखिएको छ । गौरादह नगरपालिका वडा नं. ४ का दुर्गा कुमार नेपालीले आफुले युटुबमा देखेको मेसिन नजिकै बाट अनुभव गर्न पाएको बताउँदै यो मेसिन किसानका लागि अन्यन्तै किफायति रहेको धारणा राख्नुभयो । बाँझो जोत्न देखि हिलोमा समेत जोत्न सकिने क्षमता भएको यो मेसिनबाट धान काट्न, ड्याङ लगाउन, ट्रलि जडान गरेर माल सामान बोक्न समेत सकिने बताइएको छ । तराई र तराईसँग सिमाना जोडिएका पहाडि क्षेत्रमा समेत प्रबिधि प्रदर्शनीमा सफल भएको वासडन कम्पनीको यो मेसिन बाट सानो प्रविधी थप गरेर सानो थेसर समेत सञ्चालन गर्न सकिने चमत्कारी फिचर रहेको छ । नेपालमा पहिलोपटक भित्रिएको मेसिन आफुले चाइनामै पुगेर यसको प्रयोग गरेर हेरेको प्रबन्ध निर्देशक घिमिरेले बताउनुभयो । अन्य सामान्य पावर टिलर भन्दा ओजनमा समेत हल्का र गाडिहरुको जस्तै सजिलो किसिमको गोलो स्टेयरिङ भएका कारण यो मेसिन सञ्चालन गर्ने मान्छेलाइ थकाई समेत कम लाग्ने प्रयोगकर्ताहरुको भनाई छ । सेल्फ स्टार्टसँगै मेन्युअल स्टार्ट गर्न मिल्ने मेसिनमा एउटै इन्जिनमा फोरह्विल सिस्टम रहेको छ । ब्याक गियर सहितको डिजेल बाट चल्ने यो मेसिनले सामान बोकेर बाटोमा गुडेको समयमा प्रति लिटर १३ किलोमिटरको माइलेज दिने बताइएको छ । चिम्टा माटो भएको क्षेत्रमा यो मेसिन बाट जोत्नका लागि एक घण्टामा डेड लिटर डिजलले डेड कठ्ठा देखि दुइ कठ्ठासम्म जोत्ने बताईएको छ भने । यो मेसिनको सोरुमको मुल्य दुइलाख पर्ने साथै खरिद कर्ताले ढुवानी खर्चको आँफैँ ब्यवस्थापन गर्नु पर्ने ब्यवस्था रहेको कुबेर एण्ड सन्स इटहरीले बताएको छ ।
सम्बन्धित खबर