बुधवार, असोज ३०, २०८१
Sancharmanch

गाउँपालिकाको सहयोगमा लागु औषध न्युनिकरणका लागि दारी ग्याङ झापा र परिवर्तन थिएटर सँगसँगै ।

सोमवार, फागुन २१, २०८०
झापा / बुद्धशान्ति गाउँपालिकाको सहयोगमा लागु औषध न्युनिकरणका लागि दारी ग्याङ झापा र परिवर्तन थिएटर सँगसँगै अगाडि वढेका छन् । दारी ग्याङ झापा र परिवर्तन थिएटर काकरभिट्टा झापाको संयुक्त प्रयास लागु औषध न्युनिकरण अभियान सार्थक बन्ने देखिएको छ । ठ्याक्कै समाजको ऐना बनेर समाज परिवर्तनको अभियानमा झापाको मेचिनगर नगरपालिकामा फरक पहिचान बनाउँदै अगाडि बढेको परिवर्तन थिएटर र दारी ग्याङ झापाले बुद्धशान्तिमा लागु औषध न्युनिकरण अभियान सञ्चालन गरेका छन । दारी ग्याङ झापाको आयोजनामा बुधबार बुद्धशान्ति गाउँपालिकाका तीन स्थानमा लागु औषध दुर्ब्यसन विरुद्धको सचेतनामुलक कचरी नाटक मंचन भएको छ । बुद्धशान्ति गाउँपालिकाको आर्थिक सहयोग तथा समन्वय र परिवर्तन थिएटर काकडभिट्टाले बचहरी नाटक मंचन गरेको हो । सीतारमेश बहुमुखी क्याम्पस बाट सुभारम्भ भएको नाटक, बुद्धआदर्श मावी र बुद्धशान्ति –३ स्थित बुधबारे तल्लो चोक गरि दुई शैक्षिक संस्था र एक सार्वजनिक स्थलमा मंचन भएको थियो । सीतारमेश बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थी हरु माझ लागु औषध दुब्र्यसन विरुद्धको सचेतनामुलक नाटक मंचन भएको थियो । दारी ग्याङ झापाका अध्यक्ष गोकुल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद खतिवडाको प्रमुख आतिथ्य रहेको थियो भने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विनोद पोखरेल ,क्याम्पस संचालक समिति अध्यक्ष जय प्रसाद भण्डारी ,संचाकक समिति सदस्य मनेश दाहाल ,दारी ग्याङ केन्द्रिय सदस्य नुतन ढकाल सहित दारी ग्याङ झापाका पदाधिकारी एवम् सदस्यहरुको उपस्थिति बिच क्याम्पसमा अध्ययनरत विद्यार्थी ,क्याम्पसका प्राध्यापक र विद्यार्थीहरु माझ परिवर्तन थिएटर काकडभिट्टा बाट कचरी नाटक मंचन भएको थियोे । नाटक सुभारम्भ कार्यक्रममा बोल्दै बुद्धशान्ति गाउँपालिका उप प्रमुख भवानी प्रसाद खतिवडाले गाउँपालिका उन्नत समाज निर्माणमा लागि परेको सन्दर्भमा युवाहरु अज्ञानता साथै अशिक्षाका कारण दुब्र्यसनीमा फसेको हुँदा नकारात्मक गतिविधी रोक्नका लागि यो नाटकले भुमिका खेल्न प्रेरित गर्ने बताउनु भयो । यसैगरी श्री बुद्धआदर्श माविमा भएको सचेतनामुलक नाटक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी , कक्षा १० सम्मका विद्यार्थी र कर्णाली एजुकेसन फाउन्डेसनका कक्षा ११ र १२ का विद्यार्थीहरुको उपस्थिति रहेको थियो । बुद्धशान्ति गाउँपालिका वडा नः१ का वडाध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विद्यालय ब्यवस्थापन समिति अध्यक्ष मनोरथ तिवारी ,विद्यालय प्रधानाध्यापक कृष्णराज भण्डारी ,विद्यालय शिक्षक –अभिभावक संघका अध्यक्ष राजेन्द्र राई,आशिर्वाद प्रतिष्ठान सुधार केन्द्रका अध्यक्ष प्रेम सावा लगायतको उपस्थिति रहेको थियो । थिएटरका कलाकारहरुको जिबन्त अभिनय रहेको नाटकले सरल साथै सहज रुपमा सन्देश प्रभाह भएको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष बाग्लेले समाजमा लुकिछिपि लागु औषधको कारोबार बढेको सन्दर्भमा कार्यक्रम समय सापेक्ष भएको बताउनु भयो । त्यसैगरी बुद्धशान्ति –३ स्थित बुधबारे तल्लो चोकमा तेस्रो नाटक मंचन भएको थियो।जहाँ तल्लो चोकमा अवस्थित ब्याक्तित्वहरुको बाक्लो उपस्थिति बिच नाटक मंचन गरिएको थियो । बुद्धशान्ति गाउँपालिका वडा नः६ का अध्यक्ष शिवराज पौड्यालको प्रमुख आतिथ्य रहेको कार्यक्रममा बुद्धशान्ति उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र प्रसाद उप्रेती ,बुधबारे जेसीजका अध्यक्ष दुर्योधन सिंह देव, सामाजिक ब्याक्तित्वहरु चन्द्रप्रकाश कोइराला, कृष्ण खतिवडा ,गणेश खरेल ,राजु उप्रेती ,इलाका प्रहरी कार्यालय बुद्धशान्तिका प्रमुख, ट्राफिक प्रहरी कार्यालय बुद्धशान्तिका प्रमुख लगायत स्थानीय नागरिकहरुको बाक्लो उपस्थिति रहेको थियो । तिवटै स्थानमा आयोजना गरिएको कार्यक्रममा स्वागत सहित कार्यक्रमको औचित्य बारे दारी ग्याङ झापाका अध्यक्ष गोकुल पौडेलले प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको संचालन दारी ग्याङ झापाका सचीव विवेक सुन्दासले गर्नु भएको थियो । सम्पूर्ण कार्यक्रमको संयोजन दारी ग्याङ झापाका सल्लाहकार सदस्य उमेश तिम्सिनाले गर्नु भएको थियो । देशैभर विभिन्न सामाजिक कार्यमा गालामा दारी काधमा जिम्मेवारी भन्ने स्लोगनका साथ सक्रिय दारी ग्याङ झापाले पछिल्लो ६÷७ वर्ष देखि निरन्तर सामाजिक कार्यमा अग्रसर भैरहेको देखिन्छ । लागु औषध सेवनले युवाहरु लाई दिनप्रतिदिन नकारात्मक असर पारिरहेको र यस बाट सिङ्गो समाज र राष्ट्र लाई नै हानी गरिरहेको हुँदा यस बाट जतिसक्दो टाढा नै रहनु पर्ने भन्ने मुल सन्देशका साथ यो नाटक मंचन गरिएको दारि ग्याङझापाका अध्यक्ष गोकुल पौडेलले बताउनुभयो । साथै यसै कार्यक्रम अन्तरगत बुद्धशान्तिका विभिन्न वडामा समुदाय स्तरमा लागु औषध दुर्ब्यसन विरुद्धको सचेतनामुलक सन्देश प्रवाह गराउने भिडियो सामाग्री प्रोजेक्टर मार्फत प्रदर्शन गरिने कार्यक्रम समेत रहेको दारी ग्याङ झापाको तयारी रहेको छ ।  
सम्बन्धित खबर