बुधवार, असोज ३०, २०८१
Sancharmanch

पत्रकार र लायन्सकर्मीबीचको फुटसलमा पत्रकार बिजयी

बुधवार, फागुन १६, २०८०
दमक/लायन्स क्लव अफ झापा दमकको आयोजना भएको लायन्सकर्मी र पत्रकारबीचको मैत्रीपूर्ण फुटसल प्रतियोगिता पत्रकारहरुले जितेकाछन् । शुक्रबार विहान बिट्स फुटसल मैदानमा भएको प्रतियोगितामा पत्रकारहरुले ४ गोल लगाएका थिए  पनि आयोजक लायन्स क्लव अफ झापाको तर्फबाट २ गोल लागेको थियो । लायन्स क्लव इन्टरनेशनल ३२५ सि का सेकेण्ड भिडिजि बबरजंग थापाले यस प्रकारका खेलले स्वस्थ बन्न सहयोग पुग्ने बताए । उनले पत्रकार  र लायन्सकर्मीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने अपेक्षा लिएको उनले उल्लेख गरे । क्लवका अध्यक्ष लोकेश सापकोटाका अनुसार क्लवले केही समय पश्चात अन्तर लायन्स क्लव स्तरीय फुटसल प्रतियोगिताको तयारी शुरु गर्दैछ । यसको तयारीको शुरुवात यही खेल खेलेर गरिएको उनको भनाई थियो । लायन्स क्लव अफ झापा दमकले सामाजिक क्षेत्रमा बिभिन्न कार्यहरु गर्दै आएको क्लवका प्रथम उपाध्यक्ष बिष्णुप्रसाद पोखरेलले जनाउनु भयो । सामाजिक तथा अन्य बिभिन्न क्षेत्रहरुमा लायन्सले काम गर्दै आएको छ ।
सम्बन्धित खबर