बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

बेवारिसे हुनेभए मैनालीका २९ बुँदे प्रतिवद्धता

बुधवार, फागुन १६, २०८०
झापा / झापाको बिर्तामोड उद्योग बाणिज्य संघमा नेतृत्वका लागि चुनाबी मैदानमा उत्रिएको स्वतन्त्र भनिएको पाँचदलिय गठबन्धनका अध्यक्ष पदका उमेदवार अर्जुन मैनालीका २९ बुँदे प्रतिबद्धता अधुरै रहेका छन् । एक्लो कांग्रस बाट समर्थन पाएर चुनाबि मैदानमा उत्रिएका अध्यक्ष पदमा उमेदवार राजु न्यौपानेसँग नराम्रो पराजय भोगेका मैनालीका प्रतिबद्धता अधुरै रहेका हुन । जम्मा ४ हजार ९५ खसेको मत बाट ३९ सय ७५ गणना भएको सदर मत मध्ये मैनालीले १५ सय २० मत ल्याउनु भएको थियो । त्यस्तै मैनालीका प्रत्यासी उमेदवार न्यौपानेले २२ सय २५ मत ल्याउँदै ७ सय ५ मतको अन्तरले अध्यक्ष पदका लागि बिजय हाँसिल गर्नु भएको छ । पाँचदलिय गठबन्धका उमेदवार अर्जुन मैनालीका २९ बुँदे प्रतिबद्धता जस्ताको तस्तै ः –स्थानीय तहबाट भएको कर बृद्धिलाई फिर्ता गराई प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्ने । –सुरक्षित रुपमा रात्रिकालिन व्यवसाय सञ्चालन गर्ने वातावरण मिलाउने । –सडकबत्ती र सीसी क्यामेराको व्यवस्थापन गराउने । –व्यवसाय प्रबद्र्धन गर्न पीपीपी (पब्लिक प्राइभेट पार्टनरसिप) मोडलमा कर्पोरेट गोदामसहितको प्रदर्शनी स्थलको व्यवस्थापन गर्ने । –बिर्तामोडलाई बन्दमुक्त क्षेत्रका रुपमा प्रभावकारी कार्यान्वयन गराउने । –बिर्तामोडको देवीहाट बुधबारे बजारमा निर्माण हुने “देवी कम्प्लेक्स” बहुतले बुउद्देश्यीय व्यापारिक भवन तत्काल निर्माण सुरु गर्न दबाब दिने । –स्थानीय सरकारसँग सहकार्य गरी व्यवसायीबाट लिइएको शुल्कबाट नै व्यावसायिक राहत कोष स्थापना गर्ने, गराउने । –बिर्तामोड उद्योग वाणिज्य संघको सेवा सुविधालाई डिजिटलाइज गराउने । –साना मझौला व्यवसायीको आर्थिक कारोबारको कर तथा अन्तशुल्क प्रयोजनका लागि सहजीकरण गर्ने, गराउने । –व्यावसायिक कारोबारमा फस्ट पार्टीबाट कारोबार सम्बन्धी सूचना शिक्षा सञ्चालन गर्ने । –उद्यमी व्यवसायीका निम्ति गुनासो कक्ष स्थापना गर्ने । –फोहोरमैला र ढल व्यवस्थापन तथा हरित बिर्तामोड बनाउनका लागि स्थानीय सरकारसँग समन्वय गर्ने । –डिजिटल र आइटीयुक्त बिर्तामोड बनाउन कर छुटका लागि पहल गर्ने । –उद्योग वाणिज्य क्षेत्रलाई चन्दाचिठ्ठा मुक्त क्षेत्र बनाउने । –छिमेकी देशको बजारलाई मध्यनजर गरी स्थानीय बजारलाई प्रबद्र्धन गर्न भन्सार करको दर उचित बनाउने विषयमा सरकारसँग लबिङ गर्ने । –वस्तुगत क्षेत्रका व्यवसायीका समस्या पहिचान गरी सोको समाधानका लागि सक्रिय रहने । –स्थानीय उद्योगको प्रबद्र्धनका लागि विशेष अभियान सञ्चालन गर्ने । –अलैँची, अदुवा, अम्लिसो लगायतका कृषि उत्पादनलाई अन्तर्राष्ट्रिय बजारीकरणका लागि सहयोग पु¥याउने । –कृषिजन्य वस्तुको व्यवस्थापनका लागि कृषि बजारलाई व्यवस्थित बनाउने । –निर्वाहमुखी व्यापारलाई आधुनिकीकरण गर्न सहयोग पु¥याउने । –बैंक, सहकारी तथा वित्तीय संस्था र व्यवसायीबीचको सम्बन्धलाई मजबुत र परिपुरक बनाउन पहल गर्ने । –बिर्तामोड नगरक्षेत्रमा उद्योग व्यवसाय गर्ने सबैलाई संघप्रति विश्वासको वातावरण अभिवृद्धि गरी स्वतफूर्तः सदस्य बन्ने गरी संस्थागत विकास गर्ने । –स्थानीय उत्पादनलाई प्रोत्साहन र प्रबद्र्धन गर्ने गरी औद्योगिक महोत्सव गर्ने । –महिला उद्यमीलाई दिँदै आएको सहुलियतपूर्ण कर्जालाई निरन्तरता दिलाउन विशेष दबाब सिर्जना गर्ने । –बिर्तामोड उद्योग वाणिज्य संघको सदस्यता शुल्कमा महिलालाई ५० प्रतिशत छुट उपलब्ध गराउने । –बिर्तामोड उद्योग वाणिज्य संघको संरक्षकत्वमा “बिर्तामोड युवा उद्यम मञ्च” गठन गर्ने । –सार्वजनिक, निजी र सहकारीबीच सहकार्यको वातावरण बनाउने । –अतिथि सदनको प्रभावकारी व्यवस्थापन गर्ने कामका लागि पूर्वअध्यक्षहरु लगायतसँग सहकार्य र समन्वय गर्ने । –व्यावसायिक सिप, तनाव व्यवस्थापन र उत्प्रेरणामूलक कार्यक्रमहरु सञ्चालन गर्ने ।
सम्बन्धित खबर