बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

शैक्षिक गुणस्तर सुधारमा अब्बल झापाको हिमाली एजुकेशन फाउण्डेशनले मनायो १७ औँ वार्षिकोत्सव

मङ्गलवार, फागुन १५, २०८०
झापा/ गुणस्तरीय प्रबिधि मैत्री शिक्षालाई प्राथमिकता दिदै आएको झापाको अर्जुनधारा नगरपालिका वडा नं. ६ को हिमाली एजुकेशन फाउण्डेशनले विविध कार्यक्रम गरी १७ औं वार्षिकोत्सव कार्यक्रमको आयोजना गरेको छ । विद्यालय परिसरमा सोमवार सोमबार सांस्कृतिक कार्यक्रमसहित बिद्यालयका शिक्षक, बिद्यार्थि समाज रुपान्तरणमा भुमिका निर्वाह गर्ने लब्धप्रतिष्ठित ब्यक्तिहरुलाई सम्मान लगायतका कार्यक्रमको आयोजना गरेर बार्षिकोत्सव मनाइएको हो । विद्यालयका संस्थापक अध्यक्ष खड्गराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन झापाका बरिष्ठ उपाध्यक्ष छत्र कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि कार्कीले स–साना बालबालिकालाई स्तरीय शिक्षा दिएर योग्य र सक्षम नागरिक उत्पादनमा निजी विद्यालयको योगदान उच्च रहेको बताउनुभयो । बिद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभाहरुको प्रस्तुतीसँगै कार्यक्रमको आयोजना गरिएको थियो । बिद्यार्थीहरु द्वारा ब्यवस्थापन गरिएको कार्यक्रममा कक्षा नर्शरी देखी कक्षा ८ सम्मका बिद्यार्थीहरुले प्रस्तुती दिएका थिए । कार्यक्रमको सुरुमा बिद्यार्थीहरुलेनै बाध्यबादनसहित राष्ट्रियगान प्रस्तुत गरेर सुरु गरिएको कार्यक्रममा गायन, नृत्य, बक्तृत्व, नाटक, फेसन सो, टाइन्कन्डु लगायतका प्रस्तुतीहरु दिएका थिए । बार्षिकोत्सबका अवसरमा वर्ष उत्कृष्ट शिक्षकका रुपमा जेशीका राई र विद्यालयका सबारी चालक पदम तामाङलाई नगदसहित सम्मान थियो । त्यस्तै वर्ष उत्कृष्ट विद्यार्थीका रुपमा लासिम योङ्यालाई समेत सम्मान गरिएको थियो । कक्षा ६ का छात्र मनिश बुढाथोकीले स्वागत गर्नु भएको कार्यक्रममा बिद्यालयका शिक्षक बासुदेब बरालले औचित्यमाथी प्रकाश पार्नु भएको थियो । बिद्यार्थीहरुले पालैपालो सञ्चालन गरेको कार्यक्रममा भिभिन्न क्षेत्रमा सम्बद्ध सामाजिक ब्यक्तित्वहरु, बिद्यार्थी साथै अभिभावकको उल्लेख्खीय उपस्थिति रहेको थियो भने, बिद्यार्थीहरुले बर्षभरी सिकेका अतिरिक्त कृयाकलाप अन्तर्गतका प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा अर्जुनधारा नगरपालिका प्यवाब्सन अध्यक्ष रुद्र सिटौला, सचिव राजेश आचार्य, नेपाल दशनामी समाजका कोशी प्रदेश अध्यक्ष पदम वहादुर पुरी (प्रकाश), समाजसेवी चन्द्रप्रसाद गिरी, समाजका बिर्तामोड नगर अध्यक्ष अर्जुन गिरी, विद्यालय अभिभावक संघ अध्यक्ष यामप्रसाद तिम्सिनालगायतको आतिथ्यता रहेको थियो । नर्सरीदेखि ८ कक्षासम्म पठन–पाठन हुने विद्यालयमा चार सय विद्यार्थीले अध्ययन गर्ने गरेको बिद्यालयमा शिक्षक तथा कर्मचारी गरि कुल ३५ जना कर्मचारी रहेको विद्यलयकी प्रधानाध्यापक शान्ता गिरीले जानकारी दिनुभयो । प्रधानाध्यापक गिरीले प्याव्सन बिर्तामोड नगरद्वारा आयोजित फुटवल प्रतियोगितामा दोस्रो र नृत्यमा प्रथम स्थान हासिल गर्न विद्यार्थीहरु सफल भएको बताउनुभयो ।
सम्बन्धित खबर