बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

बिर्तामोड उद्योग बाणिज्य संघमा ब्यवसायीका सारथी राजु न्यौपाने टिमको पल्ला भारी

सोमवार, फागुन ७, २०८०
झापा/ बिर्तामोड उद्योग बाणिज्य संघको निर्बाचनका लागि लेकतन्त्र पक्षधर उमेद्वारहरुको पल्ला भारी रहेको बुझिएको छ । ब्यवसयीका हरेक मुद्धामा सकृय बन्ने गरेका राजु न्यौपाने सदैब ब्यवसायीको हक हितमा समर्पित रहेका कारण उहाँको पल्ला भारी रहेको हो । राज्यले ब्यवसायीहरुलाई ढाड सेक्नेगरी हरेक क्षेत्रमा बढाएको करको बिरुद्धमा आन्दोलित राजु न्यौपाने ब्यवसायीका मुद्धालाई लिएर हिरासतमा समेत पर्नु भएको थियो । यस अर्थमा पनि न्यौपाने ब्यवसायीका सच्चा नेताका रुपमा परिचित हुनुन्छ । देबी बुधबारे हटियाका ब्यवसायीहरुलाई सो छेत्र बाट हटाउनका लागि राज्यको तर्फ बाट बल प्रयोग गरिरहदा अन्तिम अवस्था सम्म संघर्ष गर्न पछि नपर्नु भएको स्थानिय ब्यवसायीहरुको भनाई छ । राज्यलाई सहयोग गर्ने बाहानामा अर्का अध्यक्षका प्रत्यासी उमेदवार हालका महासचिब अर्जुन मैनालीले भने ब्यवसायिक कर बृद्धिका लागि नगरपालिकाको राजश्व परामर्श समितिको बैठक पुस्तिकामा हस्ताक्षर गर्नु भएको नगरपालिकाकै जनप्रतिनिधीहरुको भनाई छ । तर मैनालीले आफ्नो हस्ताक्षर किर्ते गरिएको दाबी सहित अदालति प्रकृयामा जाने आसय सहितको बिज्ञप्ती निकालेर चुपचाप बसेको ब्यवसायीहरुले गुनासो गरेका छन । हाल सम्म मैनालीले आफ्नो हस्ताक्षर किर्ते भएको कुरा पुष्टि गर्न सक्नु भएको छैन । उता बिर्तामोड नगरपालिकाले भने मैनालीले हस्ताक्षर गरेकै भरमा करको दायरा बढाएको बुझिएको छ । ब्यवसायीहरुका लागि अबैज्ञानिक कर प्रण।ली लागु गर्न बिर्तामोड नगरपालिकालाई सहयोग गर्नु भएका मैनाली नेकपा माओबादी केन्द्र लगायत पाँच दलका साझा उमेदबारका रुपमा चुनाबी मैदानमा हुनुहुन्छ । ब्यवसायीका साझा मुद्धामा मैनाली हाल सम्म कुनै पनि संघर्षमा सहभागि नभएको बुझिएको छ ।
सम्बन्धित खबर