बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

सप्तक संगीत विद्यालय बिर्तामोडले गर्यो श्रष्टा सम्मानसहित सरस्वती पुजा

बिहिवार, फागुन ३, २०८०
झापा/ सप्तक संगीत विद्यालय बिर्तामोड-५, झापा एकता टोलमा बुधबार सरस्वती पुजा(वसन्त पन्चमी) पर्व विधिवत पूजा अर्चना, श्रष्टा सम्मान तथा साँगितिक कार्यक्रम गरी भव्यताका साथ मनाइयो । बिहानैदेखि विद्यार्थी अभिभावकहरु फूलमाला तथा प्रसाद लिएर सरस्वती पूजाका लागि उपस्थित हुनुभएको थियो ।विद्यालयका विद्यार्थी सन्दिप सापकोटाले विधिवत मन्त्र उच्चारणद्वारा पूजा गराउनुभएको थियो । पूजा पश्चात औपचारिक कार्यक्रम विद्यालयका बरिष्ठ अभिभावक कुमार पौडेल ज्यूको अध्यक्षता एवं वरिष्ठ संगीतकार बिकाश चौधरीको प्रमुख आथित्यमा सम्पन्न भएको थियो । संगीतकार विकाश चौधरीलाई वहाँको साँगीतिक योगदानको कदर गर्दै सम्मान गरिएको थियो साथै राष्ट्रिय शास्त्रीय गायनमा प्रथम हुने सप्तक संगीत विद्यालयका विद्यार्थी प्रशान्त पोख्रेललाई पनि सम्मान गरिएको थियो । त्यसपछि विद्यालयका विद्यार्थीहरुद्वारा लगातार सरस्वती वन्दना, स्तोत्र, भजनहरुको प्रस्तुति गरिएका थिए । कार्यक्रमको संचालन विद्यालयका संरक्षक डा. कुमार सुवेदी ज्यूले गर्नुभएको थियो भने स्वागत मन्तव्य विद्यालयका संस्थापक अध्यक्ष तथा गुरु सरोज वत्सले गर्नु भएको थियो । विद्यालयकी संचालिका सन्जीवनी पौडेलले कार्यक्रम संयोजन गर्नुभएको थियो । कार्यक्रममा अभिभावकहरु लक्ष्मी बास्कोटा, डि.आर कडरिया, हरि दियाली, मनु बि.क. , तुलसी भट्टराई, इन्दिरा दहाल, नम्रता गिरी, तारा कार्की, राम तिम्सिना, सुनिल शर्मा, देव न्यौपाने, नन्दलाल दहाल, इन्दिरा पौडेल लगायतका अभिभावक, विद्यार्थी एवं सामाजिक व्यक्तित्वहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर