बुधवार, असोज ३०, २०८१
Sancharmanch

झापामा अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिता फागुन ४ गतेदेखि हुने

बुधवार, फागुन २, २०८०
माघ २९/शिवसताक्षी । झापामा अन्तरपालिका कर्मचारीस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । आगामी फागुन ०४ गतेदेखि ११ गतेसम्म शिवसताक्षी नगरपालिका झिलझिलेमा अन्तरपालिका स्तरीय कर्मचारी स्तरीय फुटबल प्रतियोगिता २०८० हुने आयोजक शिवसताक्षी नगरपालिकाले जनाएको छ । प्रतियोगितामा झापाको १५ पालिकाकाले समावेश जनाउने छन् । प्रतियोगिताको विजेता टिमले नगद ७० हजार र उपविजेता टिमले नगद ४० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने शिवसताक्षी नगरपालिकाले जनाएको छ । खेल व्यवस्थित र मर्यादित हुने शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्ग थोप्राले बताए । झापाका सबै पालिकाहरुका कर्मचारीहरुलाई खेलमा प्रोत्सहान गर्दै उनीहरुको स्वास्थ्य र तनाव रहित तवरले कार्य सम्पादन गर्न अपेक्षा गरिएको उनले बताए । प्रतियोगिताको सुरुवाती खेल १२ बजेबाट सुरु हुुने र फागुन ५ गतेदेखि ११ बजेबाट खेल सुरु हुने शिवतसाक्षी नगरपालिकाले जनाएको छ । दिनमा तीन वटा खेल सञ्चालन हुने छन् । गएको वर्ष विर्तामोड नगरपालिकाले आयोजना गरेको अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको उपाधि शिवसताक्षी नगरपालिकाले उचालेको थियो । उपाधि उचालेसँगै २०८०मा को प्रतियोगितामा शिवसताक्षी नगरपालिका आयोजना बनेको हो । प्रतियोगिता झिलझिले स्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा सञ्चालन हुने छ ।
सम्बन्धित खबर