बुधवार, असोज ३०, २०८१
Sancharmanch

ई–स्पोटर्स कोसी प्रदेशमा भट्टराई

बुधवार, फागुन २, २०८०
विराटनगर / ई–स्पोटर्स एसोसिएसन अफ नेपालको कोसी प्रदेश तदर्थ समिति बिस्तार गरिएको छ । सोमबार विराटनगरमा आयोजित एक भेलाले प्रदेश तदर्थ समितिको अध्यक्षमा विमल भट्टाराई चुनेको हो । समितिको उपाध्यक्ष द्वयमा अविनाश लिम्बु र रबेश कोइराला छानिएका छन् । समितिको सचिव, सह–सचिव र कोषाध्यक्ष क्रमशः पर्वतराज निरौला, अमर मण्डल र सन्जु कोइराला छनौट हुँदा सदस्यहरुमा भने मनसुन वाग्ले, तेजबहादुर कटुवाल, धिरोजकुमार चौधरी, रोहित यादव, सुष्मा यादव र प्रल्हाद गुरागाई चुनिएका छन् । एसोसिएसनका केन्द्रीय अध्यक्ष अन्जन धमलाको उपस्थितिमा भएको भेलामा प्रदेश खेलकुद विकास बोर्ड, कोसी प्रदेशका सदस्य सचिव हंसराज वाग्लेले निर्वाचित समितिका पदाधिकारीले शुभकामना दिनु भएको थियो । सोमबारनै ई–स्पोटर्स एसोसिएसन अफ नेपाल, कोसी प्रदेश, प्रदेश खेलकुद विकास बोर्ड, कोसी प्रदेशमा सूचिकृत भएको छ ।
सम्बन्धित खबर