बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

लोकतान्त्रिक व्यवसायी समूहले गर्यो बिर्तामोडको मुहार फेर्न सक्ने उमेद्वारहरुको घोषणा

बुधवार, फागुन २, २०८०
झापा, बिर्तामोड/ आगामी फागुन १४ गते हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि लोकतान्त्रिक व्यवसायी समूहले आफ्ना उम्मेदवारको घोषणा गरेको छ । विर्तामोड उद्योग बाणिज्य संघको सभाहलमा आयोजना गरिएको कार्यक्रम बाट उमेद्वारहरुको घोषणा गरेको हो । लोकतान्त्रिक व्यवसायी समूहको तर्फबाट वर्तमान वरिष्ठ उपाध्यक्ष, अध्यक्ष पदका उमेद्वार : राजु न्यौपाने,  बरिष्ठ उपाध्यक्ष: संजिव घिमिरे । उद्योग उपाध्यक्ष  : बिशाल थापा, वाणीज्य उपाध्यक्ष : जिवन खडका, जनसम्पर्क उपाध्यक्ष : राधिका चुडाल हुमागाई, महासचिव : कुशल खतिवडा , उद्योग सचिव : पुकार बराल, वाणिज्य सचिब : राजकुमार शाह, कोषध्यक्ष : दिपक मित्तल, सहकोषध्यक्ष : तिलोतमा खत्रीलाई उम्मेदवारको रुपमा घोषणा गरेको छ । त्यस्तै खुल्ला सदस्यहरुमा अनन्तलाल महतो , रमेश घिमिरे , अरुण जैन , दिनेश श्रेष्ठ ,श्यामकृष्ण पाठक , डिल्लीराम कोइराला र योगेश शर्मा (भट्टराई)लाई उमेद्वार बनाईएको छ । त्यस्तै महिला सदस्य तर्फ सुशिला कार्की बस्नेत र निशा शाहले उमेद्वारी दिनु भएको छ । , नेपाली कांग्रेस जिल्ला सचिव कृष्ण हुमागाई, बिर्तामोड मारवाडी सेवा समितीका अध्यक्ष मोहन मित्तल, बिर्तामोड खानेपानीका अध्यक्ष मेघराज बास्तोला लगायत नेपाली कांग्रेसका विभिन्न भातृसंगठनका प्रतिनिधीहरुको बाक्लो उपस्थिती रहको थियो । कार्यक्रममा नेपाली कांग्रेस बिर्तामोड नगर सभापति भोजराज सिटौलाको अध्यक्षता रहेको थियो भने जिल्ला सभापति देउकुमार थेबेको प्रमुख आतिथ्यता रहेको थियो । बिर्तामोडका ब्यवसायिहरुको उल्लेख्य उपस्थिती रहेको उमेद्वारी घोषण सभा कार्यक्रमलाई प्रचार विभागका संयोजक बलराम कार्कीले स्वागत गर्नु भएको थियो भने बिर्तामोड उद्योग बाणिज्य संघका सचिव कुशल खतिवडाले सञ्चालन गर्नु भएको थियो ।
सम्बन्धित खबर