बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

व्यवसायी डुब्यो भने सरकार चल्न सक्दैन : मुख्यमन्त्री कार्की

मङ्गलवार, फागुन १, २०८०
विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार र व्यवसायी साझेदार नभई एक रथका दुई पाङ्ग्रा भएको बताउनु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको छैटौँ प्रदेश सभामा उहाँले साझेदार छुटिएर जान सक्छ तर पाङ्ग्रा छुटिदा रथ चल्न नसके जस्तै सरकार र व्यवसायी रहेको बताउनु भएको हो । ‘कर बिनाको सरकार चल्न सक्दैन, व्यवसायी डुब्यो भने सरकार चल्न सक्दैन, उनले भने, बैङ्क डुब्यो भने रोजगारी पाउने अवस्था हुँदैन त्यसैले कोशी सरकारले उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्नका लागि योजना कार्यान्वयनमा ल्याउनै लागेको छ । महासंघको यो सभा प्रदेशको दिगो विकाशमा केन्द्रित हुन्छ भन्नेमा विश्वस्त रहेको उहाँले बताउनु भयो । ‘व्यवसाय गर्ने भन्दा नेता बढी भएको अवस्था छ, तपाईँहरू की राजनीति गर्नुहोस् कि व्यवसाय, दुई तिर हात हाल्यो भने सफल हुईदैन् ।’ प्रदेशको उद्यमशीलतालाई अगाडि बढाउन उद्योग दर्ता सम्बन्धी नियमावली ल्याएर प्रदेशबाट नै उद्योग दर्ता, नवीकरणलगायतको काम सुरु भइसकेको मुख्यमन्त्री कार्कीले बताउनु भएको छ । ‘अलैँचीको व्यापार भारत मात्रै होइन तेस्रो मुलुक निकासीका लागि प्रक्रिया अगाडि बढेको छ, उहाँले भन्नुभयो, कुनै पनि विषयमा दुःख दिने खालको निकास नखोजौँ, भारतमा मात्रै अलैँची निकासी गर्दा मूल्यमा कमी आएको बेला यहाँका किसानलाई घाटा व्यहोर्नु पर्दछ ।’ श्रम सबै समान हुने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले सबैको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । ‘मानिसले आफ्नो क्षमताको श्रम बेच्दछ । विराटनगर भन्दा काठ्माडौं बढी भएमा त्यहाँ आफ्नो श्रम बेच्छ, काठ्माडौं भन्दा कतारमा बडी भयो भने त्यहाँ जान्छ । कतारभन्दा अमेरिका बढी भएमा त्यहाँ बेच्छ, श्रम बेच्न त पाइन्छ होला नि ? उहाँले भन्नुभयो, अनि विदेश गएका मानिसहरुलाई जनसम्पर्क मोर्चा बनाएर लेबी उठाएर तपाईँहरू पाटी चलाउनुहुन्छ ।’ मुख्यमन्त्री कार्कीले औद्योगिक क्षेत्रको सम्भाव्यता अध्ययन सुरु गरेको बताउँदै व्यवसाय प्रवर्धनका लागि सरकारले बनाउने नीतिमा दिगो विकासको अवधारणा अनुसार बनाउने बताउनुभयो ।
सम्बन्धित खबर