बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

बिर्तामोड साना शहरी खानोपानी तथा सरसफाई उपभोक्ता संस्थाको २१ औँ बार्षिक साधारण सभा सम्पन्न

शनिवार, माघ २७, २०८०
बिर्तामोड साना शहरी खानोपानी तथा सरसफाई उपभोक्ता संस्थाको २१ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । पन्च बर्षिय योजनालाई निरन्तरता दिदै उपभोक्ताको मागलाई पहिलो प्राथमिकताकासाथ लागू गर्ने प्रतिबद्धतासहित साधारण सभा सम्पन्न भएको हो । संस्थाले एक महिना अघिनै इकाईगत प्रतिनिधि छनौटको प्रकृया पूरा गरी आयोजना गरिएको साधारण सभामा ५ सय प्रतिनिधि सहभागि हुने बिधानले ब्यवस्था गरे अनुसार साधारण सभा सञ्चालन भएको छ । विर्तामोड साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले आयोजना सञ्चालन गर्नका लागि लिएको ऋणका सन्दर्भमा प्रस्न उठेपनि काम गरेर देखाएको निवर्तमान अध्यक्ष जल कुमार गुरुङले बताउनुभयो । बिर्तामोड साना शहरी खानोपानी तथा सरसफाई उपभोक्ता संस्था बिगत लामोसमय देखी विर्तामोड नगरबासी नागरिकहरुलाई स्वच्छ पिउने पानि बितरणमा अहोरात्र लागि रहेको बताउँदै बिर्तामोडमा निजि क्षेत्रको लगानि बाट अगाडि बढेकोमा विर्तामोड नगरपालिका उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले संस्थालाई धन्यबाद ज्ञापन गर्नु भयो । बिर्तामोड साना शहरी खानोपानी तथा सरसफाई उपभोक्ता संस्थाले विर्तामोडका ९ हजार उपभोक्ता हरुलाई स्वच्छ पिउने पनि पुर्याएकोमा धन्यबाद दिदै खुल्ला सत्रको कार्यक्रम सम्पन्न गरे पश्चात बन्दसत्रको कार्यक्रममा भएको छलफल बाट नयाँ सोच र बिकल्पको पनि खोजि हुने नेकपा माओबादी केन्द्र विर्तामोड नगर अध्यक्ष मोहन सुब्बाले बिस्वास ब्यक्त गर्नुभयो । बिर्तामोड साना शहरी खानोपानी तथा सरसफाई उपभोक्ता संस्था बाट उपभोक्ताले प्राप्त गर्दै आएका सुविधाहरु सहज र सरल ढंगबाट प्राप्त गरेको आफुले बुझेको बताउँदै संस्थाका सल्लाहकार सामाजिक ब्यक्तित्व लोकबन्धु कन्दङ्वाले उपभोक्ताका मागलाई फाइलिङ गरेर पुरा गर्न लाग्नु पर्ने बताउनु भयो । बिर्तामोड साना शहरी खानोपानी तथा सरसफाई उपभोक्ता संस्थाको उन्नयनमा यहाँको तिब्र शहरीकरण भए पश्चात नागरिकहरुको उच्चतम योगदानका कारण संस्था सफलताको शिखर तर्फ अगाडि बढेको प्रतिनिधी सभाका सदस्य साथै कार्यक्रमका प्रमुख अतिथि गोपाल कुमार बस्नेतले बताउनु भयो । बिर्तामोड साना शहरी खानोपानी तथा सरसफाई उपभोक्ता संस्थाको २१ औँ बार्षिक उत्सबको अवसरमा २ जना उपभोक्ता एक जना महिला र एक जना पुरुष सम्मानित हुनु भएको छ । जस अन्तर्गत विर्तामोड नगरपालिका वडा नं. ५ मा स्थाई बसोबास गर्ने कान्तीदेवी शाह र वडा नं.३ का चन्द्र बहादुर खड्का रहनु भएको छ । सोहि अवसरमा संस्थामा कार्यरत एकजना कर्मचारी समेत उत्कृष्ठ कर्मचारीका रुपमा पुरस्कृत हुनु भएको छ । जसमा संस्थाका प्लम्बर प्रकाश शिवा रहनु भएको छ । संस्थाका अध्यक्ष मेघराज बाँस्तोलाले प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने संस्थाकी कोषध्यक्ष शारदा रिजालले लेखा समितिको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । संस्थाका उपाध्यक्ष शैलेन्द्र सिटौलाले स्वागत गर्नु भएको कार्यक्रम संस्थाका सचिब पारषमणि मैनालीले सञ्चालन गर्नु भएको थियो ।
सम्बन्धित खबर