बुधवार, असोज ३०, २०८१
Sancharmanch

कोशीका नवनियुक्त मन्त्रीले लिए सपथ

शनिवार, माघ २७, २०८०
विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । स्वास्थ्यमन्त्रीमा कांग्रेसका प्रदीप सनुवार, सामाजिक विकासमन्त्रीमा माओवादीका राजेन्द्र कार्की, उद्योग, कृषि तथा सहकारी मन्त्रीमा कांग्रेसका रामकुमार खत्री र खानेपानी, सिँचाइ तथा उर्जामन्त्रीमा माओवादीका नारायणबहादुर बुर्जामगरलाइ मुख्यमन्त्री कार्कीले नियुक्त गर्नु भएको हो । उहाँले दुई जना कांग्रेसका सांसदलाई राज्यमन्त्रीसमेत नियुक्त गर्नु भएको छ । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख पर्शुराम खापुङ तथा राज्यमन्त्रीलाई मुख्यमन्त्री कार्कीले पद तथा गोपनियताको सपथ गराउनुभयो । आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा सुनिता कुमारी गुरूङ नियुक्त हुनुभएको छ । यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्रीमा शम्शेर राई, पर्यटन, वन तथा वातावरणमन्त्रीमा गणेश उप्रेती र भौतिक पुर्वाधार विकासमन्त्रीमा कमलप्रसाद जबेगु नियुक्त भईसक्नु भएको छ । यो संगै कोशीको मन्त्रिपरिषद् १० सदस्यीय भएको छ ।  
सम्बन्धित खबर