बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

गोपाल गौरीका केन्द्रिय सल्लाहकार डाक्टर मिना अधिकारीद्वारा न्यानो कपडा वितरण

शनिवार, माघ २०, २०८०
झापा /गोपाल गौरी दिगो विकास प्रतिष्ठानकी केन्द्रिय सल्लाहकार डाक्टर मिना अधिकारीले विपन्न बालबालिकालाई न्यानो कपडा वितरण गर्नु भएको छ । झापाको शिवतिाक्षी नगरपालिका वडा नं. ८ मा रहेको अरुणोदय आधारभुत विद्यालयका ६५ जना बालवालिकालाई स्विटर वितरण गर्नु भएको हो । ललितपूर महानगर पालिका वडा नंं २३ धापाखेलमा स्थाई बसोवास गर्नु हुने अधिकारी गोपाल गौरी दिगो विकास प्रतिष्ठानकी आजिवन सदस्य समेत रहनु भएको छ । २८ हजार बराबरका न्यानो कपडा डाक्टर मिना अधिकारीका दुइ सन्तान पूणीमा र आशिष बन्जाडेको जन्मदिनको अवसर पारेर वितरण गरिएको गोपालगौरी दिगो विकास प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष इन्दिरा शर्माले बताउनु भयो । डाक्टर अधिकारी ललितपुरमा सञ्चालित निर्भाणा कलेजकी सञ्चालक साथै सोहि कलेजमा स्नातकोत्तर डिग्रिका कक्षाहरुमा अध्यापन गर्नु हुन्छ । दाताहरुको सहयोगमा विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुका लागि गोपाल गौरी दिगो विकास प्रतिष्ठाले महत्वपूर्ण योगदान गरिरहेको शिवसताक्षी नगरपालिका वडा नं. ८ का अध्यक्ष शन्तकुमार फेवदिनले बताउनुभयो ।
सम्बन्धित खबर