बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

आदिवासी सन्थाल समुदायको सोहराई पर्वको अवसरमा झापाका पाँच पालिकामा विदा

सोमवार, माघ १५, २०८०
झापा । आदिवासी सन्थाल समुदायको सोहराई पर्वको अवसरमा झापाका हल्दीवारी, कचनकवल, बाह्रदशी, झापा गाउँपालिका र भद्रपुर नगरपालिकाले सोमबार स्थानीय बिदा दिएका छन् । ती पालिकाहरुले छुट्टाछुट्टै सूचना जारी गरी आज सार्वजनिक बिदा दिइएको जनाएका हुन्। ती पालिकामा पालिका कार्यालय र अन्तर्गत रहेका वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरू, शैक्षिक संस्थाहरू बन्द रहने छन् । कमल र गौरीगन्ज गाउँपालिकाले भने यसअघि माघ ११ गते नै सार्वजनिक बिदा दिएको नेपाल सन्थाल उत्थान आदिवासी संघका अध्यक्ष लखन हेमरमले जानकारी दिएका छन् । उनका अनुसार झापामा सन्थाल समुदायको जनसंख्या करिव ३७ हजार रहेको छ । सन्थाल समुदायले यो पर्वलाई धार्मिक महत्वका साथ मनाउने गर्दछन् । हल्दीवारी, कचनकवल, बाह्रदशी, झापा, कमल, गौरीगन्ज गाउँपालिका तथा भद्रपुर र कन्काई नगरपालिकाभित्र सन्थाल समुदायको बाक्लो बसोबास रहेको पाइन्छ ।
सम्बन्धित खबर