बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

बिहे गर्न नमान्दा प्रसाईंद्वारा मगरको हत्या

आइतवार, माघ १४, २०८०
झापा । झापाको बिर्तामोड नगरपालिका ५ की माया पुलामी मगरको हत्यामा संलग्न भएको अभियोगमा बिर्तामोड ८ का चन्द्रप्रसाद प्रसाई पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले आइतबार पत्रकार सम्मेलन गरी प्रसाईलाई सार्वजनिक गरेको हो । बिहे गर्न अस्वीकार गरेपछि प्रसाईले अर्जुनधारा ६  महानन्द चोक पश्चिम मगरको हत्या गरेको प्रहरीले जनाएको छ । आसामबाट ०७२ मा नेपाल फर्किएका प्रसाईं बिर्तामोडको हर्कलाल मार्गमा निर्माणाधीन एक घरमा मजदुरी गर्दै आएका ब्यक्ति हुन् । छोरा बुहारीसंग बिर्तामोड बस्दै आएकी मगरलाई प्रसाईले केही समयदेखि अवैध यौन सम्बन्ध राखेको खुलेको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार प्रसाईलाई झापा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरि अनुसन्धान सुरु गरिएको छ । मादकपदार्थ सेवन गर्दै हिड्ने मगरले घटनास्थलमा प्रसाईलाई झापड हानेपछि ढुङ्गाले हिर्काएर हत्या गरेको प्रसाईंले स्वीकार गरेको कार्कीले बताउनुभयो । प्रसाईंलाई शनिवार पक्राउ गरिएको उहाँले जानकारी दिए ।  
सम्बन्धित खबर