बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

इञ्जिनियरिङको ईतिहास मात्रै पढ्ने इञ्जिनियरले समाज बदल्न सक्दैन : मुख्यमन्त्री कार्की

आइतवार, माघ १४, २०८०
  विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले इञ्जिनियरिङको ईतिहास मात्रै पढ्ने इञ्जिनियरले समाज बदल्न नसक्ने बताउनु भएको छ । नेपाल इञ्जिनियर एशोसिएशन कोशी प्रदेशको कार्यालय भवन शनिबार उद्घाटनपछि मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका इञ्जिनियरहरूले प्रयोगात्मक अभ्यास गरेर नयाँ इञ्जिनियरिङ सिद्धान्त संसारलाई दिनु आवश्यक रहेको बताउनु भएको हो । जनतालाई घर, पुल, कम्प्युटरसेवा कस्तो दिने किनकी अहिले सर्वसाधार्णको दैनिकी नै इञ्जिनियरको हातमा छ तर त्यो दिन सकेका छौं, उहाँले भन्नुभयो, इञ्जिनियरिङ ईतिहास मात्रै पढ्ने इञ्जिनियरले समाज बदल्न सक्दैन । त्यसैले कसैले गरेको अभ्यासले बनेको इतिहासले राम्रो र फरक इञ्जिनियर बन्न सक्दैन। नेपालको शिक्षा कमजोर छैन त्यसैले गुगल, फेसबुक, नासालगायतका संसारभरका कम्पनिमा नेपाली प्राविधिकहरूले योगदान गरिरहेको मुख्यमन्त्री कार्कीले बताउनु भएको छ । कोशीका प्राविधिक जनशक्ति संसारभर उच्च मूल्यमा बिक्रि गर्न अब प्रयोगात्मक अभ्यासमा केन्द्रित भएर अध्ययन गर्नु आवश्यक छ, उहाँले भन्नुभयो, प्रदेशमा भइरहेको विकास निर्माण कामको गुणस्तरीय परीक्षण गरेर इञ्जिनियरहरूले प्रयोगात्मक अध्ययन सुरू गरौं । प्रदेश सरकारबाट पैसा माग्न आएका विद्यार्थीलाई भौतिक निर्माण कार्यको गुणस्तरी परीक्षण गरेर रिपोर्ट दिई प्योगात्मक अभ्यास गर्न आग्रह गरेको मुख्यमन्त्री मार्कीको भनाइ थियो । तुइन मैत्री प्रदेश निर्माणमा इञ्जिनियर पढ्ने विद्यार्थीलाई प्रयोगात्मक अभ्यास गरेर इञ्जिनियरिङ विधामा नयाँ नमूना प्रस्तुत गरौं त्यसको लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको छ, उहाँले भन्नुभयो तर अहिलेका इञ्जिनियरहरू कार्यालय प्रमुख कहाँ गएर ६० प्रतिशत कमिशन दिन्छु, डीपीआरको काम दिनु भन्दै मागेर त्यसबाट भएको फाइदाले बेलुका टुच्च लगाएर भ्रष्टाचारी नेता मरी जा १ भनेर समाजिक सञ्जालमा लेख्छन् । के यस्तै इञ्जिनियरले समाज परिवर्तन गर्न सक्छ भन्दै मुख्यमन्त्री कार्कीले प्रश्न गर्नुभएको थियो । हावा र फ्रोस्रा कुरामा लाइक र कमेन्ट गरेर समय बिताउनु भन्दा प्रदेश कसरी बन्छ, प्रविधिमा कसरी यो प्रदेश अघि बढ्छ भन्ने विषयमा इञ्जिनियरलगायतका प्राविधिकहरूले सोच्ने बेला आएको छ, उहाँले भन्नुभयो, प्रदेश बनाउने विषयमा अध्ययन, अनुसन्धानको क्षेत्रमा काम गरेर नयाँ सिद्धान्त प्रतिपादन गर्ने विद्यार्थीका लागि प्रदेश सरकारले बजेट विनियोजन गर्छ ।
सम्बन्धित खबर