बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

थारू संस्कृति ठूलाे सम्पति भएकाेले काेशी सरकारले संरक्षण गर्छ :  मुख्यमन्त्री कार्की

बुधवार, माघ १०, २०८०
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले थारू संस्कृति गौरबको संस्कृति भएकोले प्रदेश सरकारले संरक्षण गर्ने बताउनु भएको छ। थारू कल्याणकारणी सभाले मंगलबार आयोजना गरेको चौथो बर्जु माघी महोत्सवमा मुख्यमन्त्री कार्कीले थारू संस्कृति अतिक्रमित भइरहेकोले संरक्षण गर्दै अन्तर्राष्ट्रियकरण गर्नु आवश्यक भएको बताउनु भएको हो। थारू संस्कृतिलाई गौरवपूर्ण बनाअ‍ौं र यसको अन्तर्राष्ट्रियकरण गरौं, उहाँले भन्नुभयो, थारू संस्कृति यो प्रदेशको ठूलो सम्पति हो, यसलाई मास्न दिनुहुँदैन । थारू समुदायको घरको भित्तामा महिलाहरूले बनाउने चित्र सम्पति भएकोले त्यसलाई मासिन नहुने मुख्यमन्त्री कार्कीले आग्रह गर्नु भएको छ। थारू संस्कृति, समाजको कथा र व्यथा झल्किने भित्ता भएको घरलाई थारू होमस्टे बनाएर बाहिरबाटआएका मान्छेलाई मेजवानी राखौं, उहाँले भन्नु भयो, होमस्टेमा आउने पाहुनालाई थारू परिकार, नृत्य, गीत, कथा, कहानी, गौरवमय इतिहास सुनाउनुका साथै चित्रकला, थारूको ग्राम थानलगायतका संस्कृतिको अध्ययन गराउनु पर्छ जसले थारू संस्कृतिका साथै प्रदेश र देशको गौरव बढाउँछ । प्रदेश सरकारले सम्पूर्ण थारू, राजबंशीलगायतका आदिवासी, जनजाति, अल्पसंख्यकको भाषा, संस्कृति संरक्षण, सम्बर्धन, अध्ययन, अनुसन्धान र विकासका लागि फाल्गुनन्द भाषा, संस्कृति अध्ययन प्रतिष्ठान गठनका लागि बजेट विनियोजन गरेर काम अघि बढाएको उहाँले बताउनु भएको हो । महाभारतकालको पौराणिक ईतिहास बोकेको बर्जु पछि परेकोले प्रदेश सरकारले विराटनगरसँग जोडेर सहरको रूपमा विकास गर्न केसलीयाको दुबै किनारमा सडक निर्माण गर्न गइरहेको मुख्यमन्त्री कार्कीले बताउनु भएको छ ।
सम्बन्धित खबर