बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

चुनाबि प्रतिबद्धता पूरा गर्दै वडा अध्यक्ष भिष्म मिश्र

सोमवार, माघ ८, २०८०
झापा । झापाको अर्जुनधारा नगरपालिका वडा नं.९ का वडा अध्यक्ष भिष्म मिश्रले चुनाबि प्रतिबद्धता अनुसार कार्यक्रम सञ्चालन गर्नु भएको छ । अपाङ्गता भएका नागरिकहरुको संरक्षणमा सहयोग पुर्याउने उध्येश्य अनुसार जाडोका लागि उपर्युक्त ब्ल्याङ्केट साथै दैनिक उपभोग्य सामग्री वितरण गर्नु भएको हो । वडा नं. ९ का स्थानिय यदुकुमार विमलीले आफ्नी बहिनीको लागि आफु उपस्थि भएको बताउँदै कार्यक्रम बाट अपाङ्गता भएका ब्यक्तिहरुलाई राहत पुगेको बताउनु भयो । अर्जुनधारा नगरपालिका वडा नं. ९ मा २१ जना क बर्गका अर्थात पूर्ण अपाङ्गता भएका नागरिकहरु रहेको बताईएको छ । पूर्ण अपाङ्गता भएका नागरिकहरु २१ जनालाईनै फाइबर ब्ल्याङ्केट साथै सफाइका लागि आवश्यक ब्रस, पेष्ट, नुहाउने साथै लुगाधुने साबुन वितरण गरिएको वडा सचिव सिर्जना निरौलाले जानकारी दिनुभयो । अर्जुनधारा नगरपालिका वडा नं. ९ ले आर्थिक पर्ष २०८०÷०८१ मा तय गरेको बजेट कार्यक्रम भित्र बाट रु ५० हजार रकम विनियोजन गरेर कार्यक्रम सञ्चालन गरेको बताएको छ । चिसोको समयमा पूर्ण अपाङ्गता भएका क बर्गका नागरिकहरुलाई वितरण गरेको बताउँदै नागरिकहरुलाई विभिन्न सामग्री वितरण गरिएको वडा अध्यक्ष भिष्म मिश्रले बताउनु भयो । अपाङ्गता भएका नागरिकहरुको जिवनयापनमा सहजता ल्याउनका लागि अर्जुनधारा नगरपालिका वडा नं. ९ ले आफ्नो वडाको बजेट सिलिङ भित्र रहेर सञ्चालन गरेको कार्यक्रम प्रभावकारी रहेको छ । जस्ले गर्दा सारिरिक रुपमा असक्त ब्यक्तिहरुको सहज हेरचाहमा सहयोग पुगेको छ ।
सम्बन्धित खबर