झापाको बिर्तामोडस्थित सिटी सेन्टरमा जारी जुत्ता चप्पल महोत्सवको करिब एक महिनाको अवधिमा उत्साहजनक व्यापार भएकोजुत्ता कम्पनीका विक्रेताहरूलेबताएका छन् ।
‘स्वदेशी उत्पादन प्रवर्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ गत पुस ९ गतेदेखि सञ्चालन भइरहेको‘प्रथम बिर्तामोड जुत्ता–चप्पल व्यापार महोत्सव २०८०’ ग्राहकहरूको आकर्षण बनेको हो ।
महोत्सव अवधिभर करिब डेढ लाख दर्शकलाई अवलोकन गराउनुका साथै तीन करोड रुपैयाँको करोबार हुने लक्ष्य राखिएको छ । अहिले त्यो लक्ष्य पूरा हुने क्रममा रहेको जुत्ता निर्माता कम्पनीका विक्रेताहरूको भनाइ छ । फस्टवाक सुजकी बिक्रेता सुस्मा तिवारी प्रसाईंले महोत्सवमा उत्साहजनक करोबार भइरहेको बताउनुभयो ।
बिर्तामोड सिटी सेन्टर इन्भेस्टमेन्ट प्रालिको आयोजना तथा नेपाली जुत्ता उद्योगी समूहसँगको सहकार्यमा महोत्सवको आयोजना गरिएको हो ।महोत्सवमा १५ भन्दा बढी ब्रान्डका जुत्ता–चप्पल राखिएको छ । तीन हजारभन्दा बढी मोडल र डिजाइनका जुत्ता चप्पलहरु उपलब्ध छन् ।ग्राहकहरूले सस्तो तथा वारेन्टीका साथ जुत्ता चप्पल पाउने भएकाले महोत्सव ग्राहकहरूको रोजाइमा परेको रोयल सुजका विक्रेता शंकर कोइरालाले बताउनुभयो ।
महोत्सवमा नेपालमा स्थापित चर्चित जुत्ता–चप्पल उत्पादक कम्पनी र ब्रान्डहरु रोयल सुज, बिएफ डियर हिल सुज, क्रसरोड सुज, फस्टवाक सुज, स्मार्ट सुज, डिजे सुज, टुरिस्ट सुज र रन सुज गरी आठवटा कम्पनीका ब्रान्डहरुको सहभागिता रहेको छ । महोत्सवमा नयाँ डिजाइनका आकर्षक जुत्ता चप्पल खरिदमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेकोछ ।