बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

बिर्तामोडस्थित सिटी सेन्टरमा जारी जुत्ता चप्पल महोत्सव, एक महिनाको अवधिमा उत्साहजनक व्यापार

आइतवार, माघ ७, २०८०
झापाको बिर्तामोडस्थित सिटी सेन्टरमा जारी जुत्ता चप्पल महोत्सवको करिब एक महिनाको अवधिमा उत्साहजनक व्यापार भएकोजुत्ता कम्पनीका विक्रेताहरूलेबताएका छन् । ‘स्वदेशी उत्पादन प्रवर्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ गत पुस ९ गतेदेखि सञ्चालन भइरहेको‘प्रथम बिर्तामोड जुत्ता–चप्पल व्यापार महोत्सव २०८०’ ग्राहकहरूको आकर्षण बनेको हो । महोत्सव अवधिभर करिब डेढ लाख दर्शकलाई अवलोकन गराउनुका साथै तीन करोड रुपैयाँको करोबार हुने लक्ष्य राखिएको छ । अहिले त्यो लक्ष्य पूरा हुने क्रममा रहेको जुत्ता निर्माता कम्पनीका विक्रेताहरूको भनाइ छ । फस्टवाक सुजकी बिक्रेता सुस्मा तिवारी प्रसाईंले महोत्सवमा उत्साहजनक करोबार भइरहेको बताउनुभयो । बिर्तामोड सिटी सेन्टर इन्भेस्टमेन्ट प्रालिको आयोजना तथा नेपाली जुत्ता उद्योगी समूहसँगको सहकार्यमा महोत्सवको आयोजना गरिएको हो ।महोत्सवमा १५ भन्दा बढी ब्रान्डका जुत्ता–चप्पल राखिएको छ । तीन हजारभन्दा बढी मोडल र डिजाइनका जुत्ता चप्पलहरु उपलब्ध छन् ।ग्राहकहरूले सस्तो तथा वारेन्टीका साथ जुत्ता चप्पल पाउने भएकाले महोत्सव ग्राहकहरूको रोजाइमा परेको रोयल सुजका विक्रेता शंकर कोइरालाले बताउनुभयो । महोत्सवमा नेपालमा स्थापित चर्चित जुत्ता–चप्पल उत्पादक कम्पनी र ब्रान्डहरु रोयल सुज, बिएफ डियर हिल सुज, क्रसरोड सुज, फस्टवाक सुज, स्मार्ट सुज, डिजे सुज, टुरिस्ट सुज र रन सुज गरी आठवटा कम्पनीका ब्रान्डहरुको सहभागिता रहेको छ । महोत्सवमा नयाँ डिजाइनका आकर्षक जुत्ता चप्पल खरिदमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेकोछ ।  
सम्बन्धित खबर