बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

मुख्यमन्त्री कार्कीको गैर आवासीय नेपाली संघलाई आग्रह ः नेताहरूलाई मगन्ते नबनाइदिनुहोस्

बिहिवार, माघ ४, २०८०
विराटनगर । मुख्यमन्त्री केदार कार्कीले गैर आवासीय नेपाली संघलाई नेताहरूलाई चन्दा दिएर मगन्ते नबनाइदिन आग्रह गर्नुभएको छ । गैर आवासीय महासंघद्वारा बुधबार आयोजित प्रदेश सरकारलाई रगत संकलन मोवाइल बस हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री कार्कीले संघले नेताहरूलाई चन्दा दिने काम तत्काल बन्द गरिदिन आग्रह गर्नुभएको हो । झगैर आवासीय नेपाली संघले प्रविधि र सीप दिने हो, नेतालाई चन्दा दिएर मगन्ते बनाउने होइन,ञ उहाँले भन्नुभयो, चन्दा दिएर नेता र देश बिगार्नु भन्दा देशको अर्थतन्त्र मजबुत बनाउन उद्योग लगाउनु आवश्यक छ । अहिले विदेशमा गएर श्रम गर्न जानेहरूलाई नयाँ पार्टी र पूराना पार्टीका नयाँ नेताहरूले एयरपोर्टमा फोटो खिचेर अपमान गर्छन् तर उनीहरूसँग नै विदेशमा चन्दन माग्न जाने गरेको प्रति मुख्यमन्त्री कार्कीले आपत्ति जनाउनु भएको हो । गरीवले विदेशमा महंगो मूल्यमा श्रम बेच्न जाँदा अपमान र हुनेखाने वर्गले आफ्ना छोराछोरीलाई यूरोप पठाउँदा सम्मा हुने चलन रहेसम्म देश विकास हुँदैन, उहाँले भन्नुभयो, झसबैको आ–आफ्ना श्रम, सीप र शक्ति हुन्छ । श्रम जहाँ महगो बिक्छ त्यहा बेच्न पाउनु पर्छ । वकिलको श्रम सेवा र मजदुरको श्रम मजदुरी हुँदैन । सबै काम बराबर हुन्छ । अपमान गर्नु हुँदैन । गैर आवासीय नोिली संघले प्रविधि र सीप लिएर आए कोशी सरकारले पूँजी दिएर उद्योग स्थापनाका लागि कोशी सरकार तयार रहेको मुख्यमन्त्री कार्कीले बताउनु भएका हो । कोशी सरकार उद्योग र उद्योगी मैत्री प्रदेश हो, उहाँले भन्नुभयो, झत्यसैले कोशीमा तपाईं सीप र प्रविधि लिएर आउनुहोस् पूँजी सरकारले दिन्छ । उद्योगीको सम्पूर्ण सुरक्षाको जिम्मा कोशी सरकारले लिन्छ । सरकार र व्यवसायी साझेदारी भन्न मिल्छ ? भन्दै उनले प्रश्न गर्नुभएको हो । सरकारविना व्यवसाय र व्यवसायविना सरकार हुन सक्छ ? मुख्यमन्त्री कार्कीले भन्नुभयोे, झव्यवसायीले कर तिरेपछि सरकार सञ्चालन हुन्छ र व्यवसायीको समस्या सरकारले निवारण गर्ने भएको दुबै एक अर्कामा आश्रित छ । कुनैपनि देश बन्न साझा एकता चाहिन्छ, विदेशीलाई प्रतिबन्ध लगाएर देश विकास हुन्छ ? भन्दै मुख्यमन्त्री कार्कीले प्रश्न गर्नु भयो । विदेशबाट आउने कम्पनि र बिदेशबाट आउने नेपालीलाई लुटन खोज्ने प्रवृति रहुञ्जेल देश समृद्ध नहुने उहाँको भनाइ थियो । किरात सभ्यता यो प्रदेशको पहिलो पहिचान भएको मुख्यमन्त्री कार्कीले बताउनु भएको हो । यहाँका पहिचान पक्षधरको माग र मुद्दा सम्वोधनका लागि वार्ता गर्न प्रदेश सरकार तयार छ, उहाँले भन्नुभयो, छिटोभन्दा छिटो वार्ता गरेर पहिचान पक्षधरको पहिचान स्थापित गराउने योजना कार्यान्वयन गर्नु छ । किरात सभ्यता यश प्रदेशको शीर भएकोले त्यसलाई ठाडो राख्ने कोशी सरकारको पहिलो दायित्व भएको मुख्यमन्त्री कार्कीले बताउनु भएको छ । दलका नेताहरूले पहिचान पक्षधरको बारेमा अनेकौं भाषण दिएर आन्दोलन चर्काउने काम हालसम्म मात्रै गरेका छन् तर पहिचान स्थापित गराउन र माग तथा मुद्दा सम्बोधनका लागि कसैले प्रक्रियासम्म अगाडि नबढाएकाले मैले त्यो काम सुरू गरेको छु, उहाँले भन्नु भयोे, पहिचानवादीको पहिचान स्थापित गराउन खुवालुङ, तुवाचुङ, आत्मानन्द, फाल्गुनन्दलगायतको स्थलको विकासका लागि काम अघि बढाएको छु । वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समृद्धि भएकोले त्यसलाई यहीका वासिन्दाले जोगाउनु पर्ने उहाँको भनाइ थियो । धरानबाट मान्छे लखेटेर होइन, फकाएर धरानको समृद्धिको यात्रा अघि बढाउनु आवश्यक छ, मुख्यमन्त्री कार्कीले भन्नुभयो, झकाठमाडौं र धरानबाट फेसन देशले सिक्ने अवस्थामा ह्रास आउनुमा को दोषी ? धरानवासीका कारण धरान पछि परिरहेको विषयमा यहाँका वासिन्दालाई एक पटक सोच्नै पर्ने बेला आएको छ । गैर आवासिय नेपाली संघले दिएको यो बस मुख्यमन्त्री कार्कीले रेडक्रश शाखा धरानलाई हस्तान्तरण गर्दै यसको सदुपयोग गर्नु आवश्यक रहेको उहाँले बताउनु भयो । कलिलै उमेरमा विवाह गरेर बच्चा जन्माएपछि रगत बगेर ज्यान गुमाउने दुःख हेरेर बस सहयोग गरेको छ, उहाँले भन्नुभयो, अब टेण्ट लगाएर रगत संकलन गर्ने बाध्यता अन्त्य भएर हिँडदा हिँडदै रगत दिने अवस्था भयो । तर यसको सदुपयोगको चिन्ता छ ।
सम्बन्धित खबर