मङ्गलवार, माघ १, २०८१
Sancharmanch

लोभ त्यागेपछि मात्रै असल समाज बन्छ : मुख्यमन्त्री कार्की

बुधवार, माघ ३, २०८०
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले समाजका सदस्यहरूले लोभ त्याग गरेपछि मात्रै असल समाजको निर्माण हुने बताउनु भएको छ । हलुवाइ साह समुदायको कूल देउता बाबा कंगाली शिबदत्त देवको पूजनोत्समा बर्जु गाउँपालिका–२ बेलगछियामा सोमबार मुख्यमन्त्री कार्कीले लोभले नभई निःस्वार्थ मनले असल समाज बन्ने गरेको बताउनु भएको हो । ‘समाजमा अहिले स्वार्थमा लिप्त भएका व्यक्तिहरूको कारण समाज पछि परेको छ,’ उहाँले भन्नुभयोे, ‘अहिलेसम्म हुँदै आएको भौतिक विकासले परम्परागत समाज परिवर्तन नभएकाले चालू आर्थिक वर्षको बजेटबाट मानवीय विकास सुरू गरेका छौं ।’ प्रदेश सरकारले प्रत्येक पालिकामा गरीव र विपन्न परिवारका १÷१ जना विद्यार्थीलाई छोराछोरी पशु र कृषि प्राविधिक निःशुल्क पढाउन सूरू गरिसकेको मुख्यमन्त्री कार्कीले बताउनु भएको हो । ‘गरीव परिवारका जेहेन्दार विद्यार्थीको चिकित्सा शिक्षा र इञ्जिनियर पढ्ने सपना पैसा अभावमा अब अधुरो रहँदैन,’ उहाँले भन्नुभयो, ‘त्यसको लागि प्रदेश सरकारले छात्रवृतिको व्यवस्था गरेको छ । चालू आर्थिक वर्षबाट नै छात्रवृतिमा एमबीबीएस र इञ्जिनियर पढाउन सुरू गरिरहेको छ ।’ प्रदेशभरिका १० वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार गराउन प्रदेशमा २५ लाखभन्दा कमको योजना कटौति गरेको मुख्यमन्त्री कार्कीले बताउनु भएको हो । ‘गाउँको मन्दिर छोडेर पाथिभारा, बराह क्षेत्र र हलेसीमा भाकल गर्ने चलन बढेको छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले गाउँमा वडाध्यक्ष र पालिका प्रमुखले छान्ने योजना कटौति गरेर पाथिभारा, हलेसी र बराह क्षेत्रमा बजेट राखेका छौं । बर्जुलाई सहर बनाउन केसलीया कोरिडोर निर्माण सुरू गर्न लागेको छु ।’ बर्जु तालको पानी देखाएर होइन त्यसलाई पर्यटकीय गन्तव्य बनाउने योजना ल्याउन लागेको उहाँको भनाइ थियो ।
सम्बन्धित खबर