बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

बिर्तामोड ७ मा रहेको बेल्स मोडल स्कुलमा बेलुन फुलाउने सिलिण्डर विस्फोट हुँदा एक जना गम्भीर घाइते

मङ्गलवार, माघ २, २०८०
झापा । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा रहेको बेल्स मोडल स्कुलमा बेलुन फुलाउने सिलिण्डर विस्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन् । स्कुलले आयोजना गरेको शैक्षिक तथा खेलकुद कार्यक्रमको सजावटका लागि ग्यास भरिएको सिलिण्डरबाट बेलुन फुलाउने क्रममा विस्फोट हुँदा अन्दाजी ४५ वर्षीय भारतीय नागरिक गणेश सहनी घाइते भएका हुन् । उनको उपचारको लागि विएण्डसी हस्पिटल पठाइएको र अवस्था चिन्ताजनक रहेको वडाअध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिनुभयो । वडा अध्यक्ष खरेलका अनुसार घाइतेको कम्मर मुनीको भाग क्षतविक्षत अवस्थामा छ । विस्फोटमा उनको खुट्टा चुँडिएर झरेको छ । विस्फोटमा अन्य एक जना पनि घाइते भएको र उनको अवस्था सामान्य रहेको बताइएको छ ।
सम्बन्धित खबर