बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

विपन्न नागरिकको मृत्य संस्कारका लागि आर्थिक सहयोग गर्दै वडा अध्यक्ष फेवदिन

शुक्रवार, पौष २७, २०८०
झापा । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ८ का अध्यक्ष सन्त कुमार फेवदिनले वडाका विपन्न नागरिकहरुको मृत्यु संस्कारका लागि आर्थिक सहयोगको कार्यक्रम सञ्चालन गर्नु भएको छ । नगर बाट प्राप्त बजेट सिलिङ मार्फत कार्यक्रम तय गरेरै मृत्यु भएका नागरिकाका परिवारलाई रु पाँच हजार नगद सहित सहयोगको कार्यक्रम सञ्चालन गरिएको हो । मृत्यु संस्कारका लागि वडा बाट प्राप्त गरेको आर्थिक सहयोग बाट नागरिकहरुलाई धेरैनै सहयोग पुगेकोे राहत रकम बाट लाभान्वित वडा नं. ८ कि स्थानिय मिना कुमारी शेर्माले बताउनुभयो । वडा नं. ८ वाट नागरिकहरुको दुखमा साथ दिएकोमा राहत रकम प्राप्त गर्नु भएकी स्थानिय चन्द्रमायाँ दर्जीले जनप्रतिनिधीहरु वाट भएको काम राम्रो रहेको वताउनु भयो । चुनावी घोषणा पत्रमा जन्मेदेखी मृत्युसम्म सेवा र राहत सुखी नगरवासी समृद्ध विकासको आधार भन्ने मुल नारा सहित जनताको माझमा गएको वताउँदै वडा अध्यक्ष सन्तकुमार फेवदिनले मृत्यु संस्कारका लागि मात्र नभएर सुत्केरी पोषण कार्यक्रम मार्फत पनि नागरिकहरुलाई सहयोग गरेको बताउनुभयो । हलको अवस्थामा उपचार सामाग्रिको मुल्य बृद्धिका कारण महङ्गो भएका उल्लेख गर्दै शिवसताक्षी नगरपालिका नगर प्रमुख मेघाहाङ थोप्रा रोशनले विकल्पमा स्वास्थ्य विमालाई प्राथमिकता दिनु पर्ने बताउनु भएको छ । वडा नं. ८ ले मृत्यु संस्कारका लागि आर्थिक सहयोग वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख थोप्राले नागरिकहरुलाई आर्थिक सहयोग गर्न कठिन भइरहेको पनि वताउनु भयो । शिवसताक्षी नगरपालिका वडा नं. ८ ले निति तथा कार्यक्रम मार्फत सम्बोधन गरेर मृत्यु संस्कारका लागि सहयोग कार्यक्रम सञ्चालन गरिरहेको छ । जस्ले गर्दा विपन्न परिवारका नागरिकहरुलाई राहत महसुस भएको देखिएको छ ।
सम्बन्धित खबर