बुधवार, असोज ३०, २०८१
Sancharmanch

चुनाबी प्रतिवद्धता पुरा गर्दै वडा अध्यक्ष सन्तकुमार फेवदिन

शुक्रवार, पौष २७, २०८०
झापा । झापाको शिवसताक्षी नगरपालिका वडा न. ८ का अध्यक्ष सन्तकुमार फेवदिनले वडा वाटै कार्यक्रम राखेर मतदातालाई गरेको बाचा पुरा गर्दै विभिन्न सामग्री वितरण गर्नु भएको छ । प्रतिबद्धता अनुसार नगरपालिका बाट प्राप्त बजेट सिलिङ बाट ब्यवसायिक कृषकहरुलाई स्प्रे ट्याङ्की साथै मकै रोप्ने मेसिन वितरण गरिएको हो । मकै रोप्ने मेसिन प्राप्त गर्नु भएका वडाका कृषक डिल्लिराम खतिवडाले पिछडिएका कृषकहरुलाई वडा वाट वितरण गरिएको सामग्री चुनावमा गरेको प्रतिबद्धता अनुसार रहेको बताउनुभयो । वडा नं. ८ का डिल्लि प्रसाद बाँस्कोटले पनि यस अघिका जनप्रतिनिधीहरु वाट केहि प्राप्त नभएको उल्लेख गर्दै हालका जनप्रतिनिधीहरुले सहयोग गरेको बताउनुभयो । शिवसताक्षी नगरपालिका वडा नं. ८ का युवा देवनाराउण फुयलको भनाई भने अलि भिन्न छ । नगर र वडा बाट आधुनिक कृषि प्रणलीमा सहयोग हुने किसिमको कार्यक्रम आएको र यसलाई निरन्तरता दिनु पर्ने धारणा राख्नु भयो । निम्न बर्गका कृषकहरुका लागि वडाले वितरण गरेको कृषि सामग्री प्रभावकारी रहेको बताउँदै वडा नं. ८ की स्थानिय प्रमिला सुवेदिले सामग्री वितरणको कार्यक्रम सञ्चालन गरेर वडाले मतदाताको कदर गरेको बताउनुभयो । शिवसताक्षी नगरपालिका वडा नं. ८ मा २०७९ सालको स्थानिय तह निर्वाचनमा जाहेर गरिएको प्रतिबद्धता अनुसारको कार्यक्रम सञ्चालन गरेको वडा अध्यक्ष फेवदिनको भनाई छ । कृषिमा केहि लगानि गर्नु पर्ने आवश्यकताका आधारमा कृषि सामग्री वितरण गरिएको बताउँदै सदैव जनताको साथमा रहेर सेवा प्रवाह गर्ने र कार्यक्रम निरन्तर सञ्चालन गरिने पनि वडा अध्यक्ष सन्तकुमार फेवदिनले बताउनु भयो । जनप्रतिनिधीहरु निक्कै अफ्ठ्यारो अवस्थामा पुगेको वताउँदै नगर प्रमुख मेघाहाङ थोप्रा रोसनले नगरको आम्दानिमा समेत प्रभाव परेको वताउनु भएको छ । सामान्य घर ब्यवहार चलाउन समेत असजिलो भएको बताउँदै संघिय सरकारले घोषणा भएको वितरण मुखी कार्यक्रममा बढि बजेट खर्च हुने गरेको पनि नगर प्रमुख थोप्राले बताउनुभयो । शिवसताक्षी नगरपालिका वडा नं. ८ को वार्षिक निति तथा कार्यक्रममा समाबेस भएको कार्यक्रम अनुसार आर्थिक वर्ष २०८०/०८१ मा २६ थान स्प्रे ट्याङ्की साथै २६ थान मकै रोप्ने मेसिन वितरण गरिएको छ । वडा अध्यक्ष सन्तकुमार फेवदिनले अध्यक्षता गर्नु भएको कार्यक्रममा नगर प्रमुख मेघाहाङ थोप्राको प्रमुख आतिथ्यता रहेको थियो । वडा सदस्य बिवेक जोर्दे थिङले स्वागत गर्नु भएको कार्यक्रम वडाका कर्मचारी कुमार सिं साँवा लिम्बुले सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा वडा सदस्यहरु ज्ञान प्रसाद लुइटेल, बिवेक जोर्दे थिङ, रिता लामा, टिकामाया बिश्वकर्मा वडा सचिव पुष्पलाल पाण्डे लगायत वडाबासी नागरिकहरुको उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर