बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

वडा अध्यक्ष चेम्जोङको पहलमा जेष्ट नागरिकलाई गोपाल गौरीको न्यानो कपडा

बुधवार, पौष २५, २०८०
झापा /शिवसताक्षी पुष २५, झापाको शिवसताक्षी नगरपालिका वडा नं. ७ का अध्यक्ष भवानी विक्रम चेम्जोङको पहलमा गोपाल गौरी दिगो विकास प्रतिष्ठाले न्यानो कपडा वितरण गरेको छ । वडाका विपन्न जेष्ट नागरिकहरुका लागि न्यानो कपडा (ज्याकेट) वितरण गरिएको हो । वडाका वडा सचिव धनराज इम्बुङले प्रतिष्ठानको यस प्रकृतिको कार्यक्रम सञ्चालन गरेकोमा धन्यवाद दिदै विगतमा पनि कार्यक्रम सञ्चालन भएको बताउनुभयो । गोपाल गौरी दिगो विकास प्रतिष्ठानले वडाका १० जना जेष्ठ नागरिकहरुलाइ ज्याकेट वितरण गरेको कार्यक्रममा बोल्दै वडा सदस्य पूजा नेपालीले संस्थाले गरेको योगदानको खुलेरै प्रशंसा गर्नु भयो । प्रतिष्ठानले वडा नं. ७ र सिंगो नगरलाई कहिल्यै विर्षन नसक्ने गरि गुण लगाएको बताउनुभयो । गोपाल गौरी दिगो विकास प्रतिष्ठानले बुधवार वडा नं. ७ सागै वडा नं. ६ मा समेत विपन्न जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको थियो । प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष इन्दिरा शर्माको योगदान वाट स्थापना भएको संस्थाले जाडो झेल्न मात्र हैन विपदको समयमा पनि सामाजिक योगदान रहेको छ ।  वडामा भएको बजेट बाट सम्पुर्ण नागरिकहरुलाई समेट्न नसकेको वताउदै वडा अध्यक्ष चेम्जोङले प्रतिष्ठानले विर्षन नसक्ने कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । एकै दिन २ वटा वडामा रहेका जेष्ठ नागरिक त्यसमा पनि विपन्नलाई वडा बाट छनौट गरेर सञ्चालन गरेको कार्यक्रम समय सापेक्ष रहेको न्यानो कपडा प्राप्त गर्ने जेष्ठ नागरिकहरुले प्रतिकृया दिएका छन । विपदको समयमा वडाका सचिव वाट भएको कार्य सम्पादन अत्यन्तै सहज र सरल रहेको प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष इन्दिरा शर्माले बताउनुभयो । प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष इन्दिरा शर्माको अध्यक्षता रहेको कार्यक्रममा वडा अध्यक्ष भवानी विक्रम चेम्जोङको प्रमुख आतिथ्यता रहेको थियो । प्रतिष्ठानकी झापा शाखा उपाध्यक्ष भगवती गुरागाईले स्वागत गर्नु भएको कार्यक्रम झापा शाखाकी सचिव कमला सापकोटाले सञ्चालन गर्नु भएको थियो ।
सम्बन्धित खबर