बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा कोइराला

आइतवार, पौष २२, २०८०
  विराटनगर । कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा आइतबार नियुक्त हुनुभएका अधिवक्ता रूपेश कोइरालाले पद तथा गोपनियताको सपथ लिनुभएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङ् र मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेश प्रसाद राजभण्डारीले कोइराला लाई पद तथा गोपनियताको शपथ ग्रहण आइतबार प्रदेश प्रमुखको कार्यालयमा गराउनु भएको हो । मुख्यमन्त्री कार्कीको सिफारिसमा प्रदेश प्रमुख खापुङले कोइरालालाई मुख्य यायाधिवक्ता नियुक्त गर्नुभएको थियो । मोरङको विराटनगर महानगरपालिका–९ का अधिवक्ता कोइराला प्रजातान्त्रिक कानून व्यवसायी संघ मोरङका पूर्व सभापति तथा हालका सल्लाहकार समेत रहनुभएको छ ।
सम्बन्धित खबर