बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

वडा अध्यक्ष फेवदिनको पहलमा विपन्न विद्यार्थीलाई न्यानो कपडा

शनिवार, पौष २१, २०८०
झापा/झापाको शिवसताक्षी नगरपालिका वडा नं. ८ का अध्यक्ष सन्तकुमार फेवदिनको पहलमा वडाको अरुणोदय आधारभुत विद्यालयका विपन्न विद्यार्थिलाई न्यानो कपडा वितरण गरिएको छ । गोपाल गौरी दिगो विकास प्रतिष्ठानले ४० जना विपन्न बिद्यार्थिहरुलाई स्विटर वितरण गरेको हो । संस्थाले विपन्न विद्यार्थि लक्षित गर्दै न्यानो कपडा वितरण गरेकोमा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मदन बहादुर विकले खुसी ब्यक्त गर्नु भयो । गोपाल गौरी दिगो विकास प्रतिष्ठानले सामाजिक विकासका लागि बिभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । विद्यालयका प्रधानाध्यापक तारा कुमारी लावतीले विभिन्न सामाजिक गतिविधि गर्ने गरेको गोपाल गौरीले विद्यालयलाई संझेकोमा धन्यवाद ज्ञापन गर्नु भयो । गोपाल गौरी दिगो विकास प्रतिष्ठान समाजमा अफ्ठेरो परेको अवस्थामा पुग्ने गरेको बताउदै वडा अध्यक्ष सन्त कुमार फेवदिनले पिछडिएका महिलाहरुलाई सिप युक्त बनाउने अभियानमा संस्थाले खेलेको भुमिका प्रशंसनिय रहेको बताउनुभयो । नागरिकहरुको भोको पेट भर्न देखी विपदमा परेकाहरुलाई सहयोग गर्न समेत गोपाल गौरी पछि नपरेको बताउँदै संस्थालाई आफ्नो वडा वाट आफुले सक्ने सहयोग गर्ने बताउनुभयो । गोपाल गौरी दिगो विकास प्रतिष्ठानले शिवसताक्षी नगरपालिका भित्र धेरै वटा सहयोगका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । सँग सँगै वठा नं. ८ मा रहेको संस्थाको जमिनमा आश्रम निर्माण गर्ने ड्रिम प्रोजेक्ट सञ्चालनको तयारीमा रहेको संस्थाकी केन्द्रिय अध्यक्ष इन्दिरा शर्माले बताउनु भयो । गोपाल गौरी दिगो विकास प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष इन्दिरा शर्माले अध्यक्षता गरेको कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नं. ८ का अध्यक्ष सन्त कुमार फेवदिन प्रमुख अतिथि रहनु भएको थिायो । संस्थाकी झापा शाखा सदस्य नर्वदा दाहालले सञ्चालन गर्नु भएको कार्यक्रमलाई झापा शाखाका अध्यक्ष भद्रकुमार दुमी राईले स्वागत गर्नु भएको थियो ।
सम्बन्धित खबर