बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

नदीलाई विनास होइन विकासकालागि अगाडि वढाउनु पर्छ: मुख्यमन्त्रीकार्की केशलिया–वुढिखोला करिडोरमा वाँधनिर्माण कार्यशुरु

शुक्रवार, पौष २०, २०८०
विराटनगर । कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्कीले नदीलाई विनास नभई विकासका लागि अगाडि वढाउनु अपरिहार्य रहेको बताउनु भएको छ । केशलिया–वुढि खोला करिडोर निर्माणका लागि गरिएको विस्तृत अध्ययन प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उहाँले यस क्षेत्र भएर वग्ने केशलिया वुढीखोलानदीको शौन्दर्यकरण एवं विकासले यस क्षेत्रका जनताको आर्थिक समृद्धि एवं रोजगारमा वृद्धि हुने बताउनु भएको हो । मुख्य मन्त्री कार्कीले करिडोर निर्माणले वर्जु गाउँपालिकामा निर्माण हुने विशेष आर्थिक क्षेत्र(सेज)मा सहज पहुँचले प्रदेशको आर्थिक समृद्धिमा सहयोग पुग्ने धारणा राख्नु भएको हो । उहाँले सरकारले समृद्धिको पाइला चाल्न जनताको पैसाको सही ठाउँमा सदुपयोग गर्ने अठोट गर्दै प्रदेशको १३७ पालिकाका जनताको जीवनस्तर उकास्नका लागि प्रतिवद्धता जनाउनु भयो । अध्ययन प्रतिवेदन निर्माण कर्ताद्वय महेन्द्र सुव्वा र प्रशान्तमल्लले दुहवी नगरपालिका, वुढीगंगा, बर्जु गाउँपालिका र विराटनगनगर महानगरपालिकालाई छुने उक्त परियोजनाको लागत रु एक अर्व ३२ करोड रहेको जानकारी दिनुभयो । आगामी तीन वर्षमा सम्पन्न गरिने उक्त परियोजनाले दुहवीदेखि विराटनगर रानीको भारतीय सीमा क्षेत्रसम्म खोलाको दुवैतर्फ ४२ किलोमिटर बाटो निर्माण हुनुका साथै खोलामा वाँध निर्माण र शौन्दर्यकरण गरिने छ । मुख्य मन्त्री कार्कीलाई स्विस सहयोग नियोगको सहयोगमा निर्माण गरिएको उक्त प्रतिवेदन राजीव उपाध्यायले हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा नेपालउद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष राजेन्द्र राउत, पूर्वाधार विकास कार्यालय मोरङका प्रमुख सुशिलश्रेष्ठ लगायतले परियोजनानिर्माणले उद्योग स्थापनाएवं विराटनगर विमानस्थलको धावनमार्ग विस्तारमा समेत सहयोग पुग्ने विश्वास व्यक्त्त गरेका छन् । कार्यक्रममा मुख्य मन्त्री कार्कीले परियोजना अन्ततर्गतको नदीमा वाँधनिर्माण गर्ने कार्यको विहिबार देखि शुरु हुने घोषणा समेत गर्नुभएको छ ।
सम्बन्धित खबर