बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

पूर्व– मन्त्री अब्दुल खानंको पहलमा खानेपानी मेसिन जडान ।

आइतवार, पौष १५, २०८०
सिरहा/ सिरहा जिल्लाको राम दुलारी माध्यमिक विद्दालय,कल्याणपुर–११ मा पुर्व खाने पानी मन्त्री मा.अब्दुल खानं ज्यूको विशेष पहलमा र ईन्भाईरोमेन्ट प्रोटेक्शन कोपरेटिभको सहयोगमा पिउने पानि ब्यवस्थापनका लागि फिल्टर जडान गरिएको छ । बिद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई लक्षित गरि पिउने पानिका लागि फिल्टर मेसिन जडान गरिएको हो । फिल्टर सहित ट्याङ्किको ब्यवस्थापनकासाथ फिल्टर जडान गरिएको मधेस प्रदेस अन्तर्गत सिरहा जिल्लाका यूवा नेता दिप नारायन यादवले जानकारी गर्नुभयो । पछिल्लो समयमा मधेशभरी विभिन्न ४०० सय बिद्यालयमा पुर्व खानेपानी मन्त्री साथै हालका उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति अब्दुल खानको पहलमा यो कार्यक्रम मधेस प्रदेसका विभिन्न विद्यालयहरुमा संचालनमा रहेको छ । जस्ले गर्दा दुसित पानिका कारण लाग्ने रोग बाट बालबालिकाहरुलाई बचाउन सकिने स्थानियहरुले बताएका छन् । प्रविधियक्त फिल्टर मेसिन जडान गरिएका विद्यालय सेवा क्षेत्र भित्रका बालबालिकाहरुमा पानिको कारण हुने बिरामी बालबालिकाहरुको संख्यामा समेत कमि आएको नेता नेता दिप नारायन यादवले वताउनुभयो ।
सम्बन्धित खबर