बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

आमा समूह द्वारा देउसी खेलेर संकलन भएको रकम बाट जेष्ठ नागरिक सम्मान

बुधवार, पौष ११, २०८०
झापाको विर्तामोड नगरपालिकामा स्थापना भएको उर्जाशील रामधुनी आमा समूहले देउसी खेलेर जम्मा भएको रकम बाट जेष्ठ नागरिक सम्मान गरेकोछ । राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरिएको हो । जेष्ठ नागरिक सम्मान कार्यक्रममा सुभकामना मन्तब्य राख्नुहुँदै जेष्ठ नागरिकहरुको सम्मान सदैव कायम हुनुपर्नेमा विर्तामोड साना शहरी खाने पानि तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मेघराज वास्तोलाले जोड दिनुभयो । हरेक वर्ष पौष ११ गते राष्ट्रिय जेष्ठनागरिक दिवस मनाउने गरिन्छ । यसै क्रममा आमा समूह द्वारा आयोजना गरिएको सम्मान कार्यक्रममा बोल्दै जेष्ठ नागरिक संघ जिल्ला कार्य समिति झापाका अध्यक्ष इश्वरी प्रसाद तिमल्सेनाले जेष्ठ नागरिकहरुमा अन्याय, अत्याचार भइरहेको सन्दर्भमा सम्मानको कार्यक्रम राखेर उर्जाशील रामधुनि आमा समूहले उदाहरणिय काम गरेको बताउनुभयो । जेष्ठनागरिक सम्मान कार्यक्रम आयोजना गरेको उर्जाशील रामधुनी आमा समूह की अध्यक्ष गंगा शिवाकोटी, ढकालले संस्थामा कार्यरत सदस्यहरु जेष्ठ नागरिक प्रति झुकाब राख्दै सम्मान गर्ने कर्ममा कहिल्यै पछाडि नहट्ने वताउनु भयो । साथै समुहको लक्ष आमा बुबाका आँखामा आँसु आउन नदिनुनै रहेको समेत बताउनु भयो । जेष्ठ नागरिक सम्मानका प्रमूख अतिथि शिक्षा तथा समाज सेवी जय नारायण ढुंगानाले आफुले विभिन्न समय खण्डमा गरेको संघर्षको कुरा गर्दै शैक्षिक विकास वाट चेतनाको स्तर बढ्ने वताउनुभयो । समूहको निमनत्रणामा कार्यक्रममा सुभकामना मन्तब्य राख्दै समाज विकासका लागि संस्थाको नामनै काफी रहेको समेत बताउनु भयो । १३ जना आमाहरु र ९ जना बुबाहरु सम्मान गरिएको कार्यक्रममा देउसी खेलेर जम्मा भएको रकम मध्ये वाट १७ हजार खर्च भएको संस्थाकी सदस्य मनिता खुलालले जानकारी दिनुभयो । संस्थाकी कार्य समिति सदस्य इश्वरी बुढाथोकी पौडेलले स्वागत गर्नु भएको कार्यक्रम संस्थाकी सदस्य रस्मिला लम्साल खतिवडाले सञ्चालन गर्नु भएको थियो । संस्थाकी कोषध्यक्ष नैना चौधरीले संयोजन गरेको कार्यक्रम सहसंयोजकको भुमिकामा सरिता थपलिया शिवाकोटी रहजु भएको थियो । कार्यक्रममा समाजसेवी अन्जना ढुंगानाको विषिष्ठ आथित्यता रहेको थिायो ।
सम्बन्धित खबर