बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

सभापति खानको प्रमूख आथित्यतामा श्रम आप्रवासन संवाद सम्पन्न

सोमवार, पौष ९, २०८०
उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति अब्दुल खानको प्रमुख आतिथ्यतामा आईतवार सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल (NNSM) द्वारा आयोजना गरिएको “श्रम आप्रवासन संवाद ः भर्ना प्रक्रियाको समीक्षा“ कार्यक्रम सम्पन्न भएको छ । शुन्य शुल्कमा विदेस पठाउने ब्यवस्था भए पनि कामदारको सुरक्षाको विषय गम्भिर रहेको सभापती खानले बताउनु भयो । नेपालीहरु लाई घरेलु कामदारका रुपमा विदेस पठाउने सन्दर्भमा पनि समस्या रहेको उहाँको भनाई थियो । मेनपावर कम्पनीहरु वाट पनि कमि कम्जोरी रहेको वताउँदै सवै पक्षलाई सम्बेदनशील भएरु मात्र बैदेसिक रोजगारीका लागि पठाउन पनि सभापति खानले आग्रह गर्नु भयो । पेन्सन वासना होटेल, डिल्लीबजार हाइट, काठमाडौंमा आयोजना भएको कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर