बुधवार, असोज ३०, २०८१
Sancharmanch

उर्जाशील रामधुनी आमा समूह द्वारा सतासीधाममा गौ आहार वितरण

आइतवार, पौष ८, २०८०
झापाको विर्तामोड नगरपालिकामा कृयाशिल उर्जाशील रामधुनि आमा समूहले शिवसताक्षी नगरपालिकामा पर्ने सतासिधाममा गौ आहार वितरण गरेको छ । २०८० सालको शुभदिपावलीमा देउसी भैलो खोलेर जम्मा भएको रकम वाट आमा समूहले गौ आहार खरिद गरेर वितरण गरेको हो । गौ रक्षाको लागि आमा समूहले गरेको योगदानको प्रशंसा गर्दै विर्तामोड साना शहरी खानेपानि तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मेघराज वास्तोलाले यस प्रकारको सहयोगमा निरन्तर लागि रहन आमा समूहलाई सुझाव दिनुभयो । शिवसताक्षी नगरपालिका वडा नं. ११ मा पर्ने सतासी धाम पूर्वकै प्रशिद्ध धार्मिक पर्यटकीय साथै तिर्थस्थलका रुपामा परिचित छ । विगत ७ बर्ष देखि यस पवित्र भूमीमा गौमाताहरुको संरक्षण हुदै आएको छ । गौशालामा रहेका गाईहरुको सेवाका लागि सहयोग गरेको उर्जाशील रामधुनी आमा समूहकी अध्यक्ष गंगा शिवाकोटी ढकालले गाई विषेसत हिन्दुहरुको आस्थासँग जोडिएको हुँदा जन्म देखि मृत्यु पर्यन्त गाईको महत्व रहेको बताउनुभयो । विभिन्न दाताहरुको स्नेह र सहयोगवाट करिव ५ सय गाईहरु यस पावन भूमीमा संरक्षण गरिएको छ । जस्ले गर्दा यो क्षेत्र गौ संरक्षणका दृष्टिले नेपालकै ठुलो गौशाला भएको क्षेत्रको रुपमा परिचित छ ।रामधुनी आमा समुहले प्रदान गरेको सहयोगमा पराल एक ट्रयाक्टर, चोकर, नुन साथै रोटी र फलफुल रहेको थियो । महिनाको १२ देखि १५ लाख सम्मको खर्च यस गौशालामा हुने गरेको आचार्य पण्डित मदन मोहन अधिकारीले जानकारी दिनुभयो । उर्जाशील रामधुनी आमा समूहले एक औपचारीक कार्यक्रमको आयोजना गरेर गौ आहार वितरण गरिएको थियो । साथै गौ रक्षका लागि आमा समूह द्वारा रु ११ सय नगद समेत सहयोग गरेको छ । गौ आहार वितरण कार्यक्रमको संयोजकमा संस्थाकी सदस्य समृद्धि लुइटेल थापा, सह सम्योजक दिपा प्रसाई सहनुभएको प्रमुख अतिथि आचार्य पण्डित मदन मोहन अधिकारी रहनुभएको थियो । संस्थाकी सचिव टिका प्रसाईले सञ्चालन गरेको कार्यक्रम लाई संस्थाकी सदस्य मनिता खुलालले स्वागत गर्नु भएको थियो ।
सम्बन्धित खबर