बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

झापा गाउँपालिकाले बजार अनुगमन प्रभावकारी बनाउँदै

आइतवार, पौष ८, २०८०
झापाको झापा गाउँपालिकाले बजार अनुगमन निरन्तर गर्ने गरी कार्य तालिका बनाएको छ । गाउँपालिकाको आम्दानी बृद्धिसँगै उपभोक्ताको हितमा रहेर बजार अनुगमन गर्ने गरेको हो । झापा गाउँपालिका उप प्रमुख अन्जुदेवी थपलियाको नेतृत्वमा अनुगमन समितिले शुक्रबार झापा गाउँपालिका वडा नं. ३ मा पर्ने कामाटोली बजार अनुगमन गरेको छ । गाउँ विकास समितिको पालामा पसल पसुल पुगेर अनुगमन गरेको बताउँदै आफ्नो वडाका ब्यवसायिहरुलाई करको दायरामा ल्याउदै बैधानिकता प्रदान गर्नका लागि बजार अनुगमन गरिएको वडा नं. ३ का अध्यक्ष सुभासलाल गणेसले बताउनुभयो । गाउँपालिका अनुगमन समितिले कामाटोली बजारमा रहेका किराना, खाद्यान्न, होटल साथै औषधी पसलहरुको अनुगमन गरेको थियो । कामाटोलिमा किराना पसल सञ्चालन गरिरहनु भएका स्गानिय ब्यापारी महेशलाल गणेशले गाउँपालिकाले समय समयमा गरेको बजार अनुगमन प्रभावकारी रहेको र आफु यो काम वाट सन्तुष्ठ रहेको वताउनुभयो । झापा गाउँपालिकामा साना साना टुक्रे बजारहरु रहेका छन । जस वाट गाउँपालिकाले पूर्ण रुपमा राजश्व संकलन गर्न नसहिरहेको सन्दर्भमा गाउँपालिकामा पसल दर्ताका लागि आह्वान गर्ने उध्येश्य सहितको बजार अनुगमनले प्रभावकारी भुमिका खेल्ने देखिएको छ । सेड्युल अनुसार गत शुक्रवार देखि अनुगमन सुरु गरेको बताउँदै विना जानकारी बजार अनुगमन गर्ने गरेको उपप्रमुख अन्जुदेवी थपलियाले बताउनुभयो । वजार अनुगमन गर्नका लागि गाउँपालिका उप प्रमुखको नेतृत्वमा प्रमुख प्रसाशकीय अधिकृत गजेन्द्र थपलिया, प्रसासन शाखा प्रमुख पूर्ण चन्द्र मैनाली लगायत वडा अध्यक्षको सहभागिता रहेको थियो । बजार अनुगमन वाट अखाद्य बस्तु बिक्रि वितरण, म्याद गुज्रेका सामाग्रीहरु जफत गर्ने गरिएको छ । अनुगमनका क्रममा पसलहरुमा मूल्य सुचि भए नभएको नभएको भए राख्न अनुरोध गर्दै ब्यवसाय दर्ताका लागि वडा कार्यालयको सिफारिससाथ गाउँपालिकामा आउन समेत आग्रह गरिएको थियो ।
सम्बन्धित खबर