बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

संविधानप्रदत्तअधिकार केन्द्रले हसतान्तरण नगरे संघर्षमा उत्रिन्छु ः मुख्यमन्त्रीकार्की

आइतवार, पौष ८, २०८०
सुनसरी । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानप्रदत्तअधिकार केन्द्रले हस्तान्तरण नगरे संघर्षमा उत्रिने बताउनुभएको छ । सुनसरीको भोक्राहानर्सिंहमानिर्माण गरिएको ४०० कभिएको विद्युतप्राधिकरणको सबस्टेशन उद्घाटन समारोहमा मुख्य मन्त्री कार्कीले प्रदेशलाई संविधानले दिएको अधिकार चाँडो हस्तान्तरण गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गगर्नु भएको हो । ‘संविधानमापाएको अधिकार हस्तान्तरण गरी तीनै तहको सरकारलाई सहकार्यका साथकाम गर्ने वातावरण बनाइदिन प्रधानमन्त्री ज्यूलाई आग्रह छ, उहाँले भन्नुभयो, ‘अधिकार हस्तान्तरण नगरिदिए सदन र सडकबाट संघर्ष गर्छु ।’ विद्युतकै कुरा गर्दा संविधानले तोकेको २५ मेगावाट सम्मको विद्युतप्रदेशले नै उत्पादन गर्न सक्ने र लाइसेन्स दिन सक्ने अधिकार छ त्यो हामीले पाउनु पर्ने छ । उहाँले भन्नु भयो, ’त्यसकालागि संघीय सरकार र संघीय संसदसंग सहकार्य संघर्ष दुबै गर्नु पर्ने छ ।’ सबस्टेसन उद्घाटन पछि कोशी प्रदेशमा रहेका उधोग तथा व्यबसायीको उत्पादनमा ढुक्क हुने अवस्थाआएको मुख्यमन्त्रीकार्कीले बताउनु भयो । निजि क्षेत्रलाइउत्पादनमा अग्र स्थानमा राख्न सकिएमाविकासको गति बढ्ने बताउँदै कोशी सरकारले निजि क्षेत्रलाइ सहकार्यमात्रै नभई अभिन्नअङको रुपमालिएको मुख्यमन्त्रीकार्कीले बताउनुभयो । ’निजी क्षेत्रलाइ सरकारको अभिन्न अंगको रुपमा लियो भने मात्र दिगो बिकास सम्भव छ ।’ उहाँले भन्नुभयो शिक्षा स्वास्थ्य तथा उत्पादकका हिसाबले सरकार पनि अघि बढ्नुपर्छ भनेर हामीले पनि सुरुवात गरिसकेका छौं । ’ नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानिमा निर्नाण भएको सब स्टेसनको उद्घाटन प्रधानमन्त्री पुस्पकमल दहाल प्रचण्डले गर्नु भएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको सभापतित्वमा भएको कार्यक्रममा उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर