बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

कोशीप्रदेशमा १० वर्षपछि दलित लेख्ने अवस्थाको अन्त्य हुन्छ : मुख्यमन्त्रीकार्की

शुक्रवार, पौष ६, २०८०
मोरङ — मुख्यमन्त्री केदार कार्कीले कोशीप्रदेशमा १० वर्षपछि दलित लेख्ने अवस्थाअन्त्यहुने बताउनुभएको छ । रिडेफ नेपालले बिहीबार आयोजना गरेको प्रदेशको नीतितथा योजनामादलित सरोकार विषयक अन्तरक्रियामा उहाँले विभेदरहित समाजनिर्माणका लागिचालू आर्थिक वर्षबाट प्रदेश सरकारले सुरू गरेको मानवीयविकास अभियानले कोशीप्रदेशमा १० वर्षपछि दलित लेख्ने अवस्था नरहने बताउनुभएको हो । यसका लागि प्रदेशमा १० वर्ष मुनिका बालबालिकाको निःशुल्कउपचार, प्रत्येक पालिकाका दुई जना विपन्नलाई कृषि र पशु प्राविधिक शिक्षा लगायतका मानवीय विकासको काम सुरू भइसकेको छ,। उहाँले भन्नु् भयो, बजेटमा अधिकार खोज्ने भन्दा समानता र विभेदरहित समाजनिर्माणमा जानुपर्ने बेलाआइसकेको छ । मुख्यमन्त्री कार्कीले रैतिबाट नागरिक बनाउने क्रममा समावेशी अभियान सुरू भएर अहिले राज्यका हरेक अंगमा समावेशी बनाइयो तर अब समानताको विषयले १० वर्षपछि दलित भन्नन पाइने अवस्था बनाउन सबैको सहयोग अपरिहार्य रहेको बताउनुभएको हो । कांग्रेस नेता मिनबहादुर बिश्वकर्माको घरमा सबै वर्ग, जात, धर्मका मान्छे जान्छन् र खान्छन् त्यसैले अब उहाँ दलितअभियानकर्ता भएपनि उहाँ दलित होइन, उहाँले भन्नुभयो, जातधनसँग जोडिएको छ । समाजमा गरीव भएपछि विभेद सुरू हुन्छ । यहाँका मानिसहरूको जात, धर्म, गोत्र, बंश, पितृ, व्यवहार, संस्कार र संस्कृति सामान रहेकाले हामी सबै एकै जातकाहौं । अब दलित र गैर दलितनभनौं, हामी सबै समानताको व्यवहार गरौं र त्यसमा राज्यले प्रमाणीकरण गरिदिने विषयभएको उहाँले बताउनुभएको छ । सम्पति, शिक्षा र स्वास्थ्यबाट मात्रै समाजमा समानताकालागि सबैको पुनर्वहाली हुन्छ, मुख्यमन्त्रीकार्कीले भन्नुभयो, १० वर्षपछि दलितनलेख्न शिक्षा, स्वास्थ्य र सम्पतिमा समानताकायम गर्नुपर्छ । अब बजेटमा दलितनलेखौं त्यसमा टाठाबाटले मात्रै हालिमुहाली गर्छ र झनविभेद बढ्दै जाने उहाँको भनाइ छ ।
सम्बन्धित खबर