बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति खानं द्वारा रौतहटमा बाटो शिलन्यास

शुक्रवार, पौष ६, २०८०
रौतहट / रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका,वाडानं. ९ मा पर्ने धरहरी गाउंमा कालोपत्रे सडक शिलन्यास भएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति अब्दुल खानं द्वारा कालो पत्रे बाटोको शिलन्यास भएको हो । अब्दुल खान पूर्व मन्त्री हाल उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति तथा जनमत पार्टीका केन्द्रिय उपाध्यक्ष हुनुहुन्छ । कार्यक्रममा देवाही गोनाही नगरपालिकाको मेयर श्री प्रेम लाल साह,जनमत पार्टी नेता तथा कार्यकर्ता र आम जनसमूदायको बाक्लो उपस्थिती रहेको खानका निजि सचिवालय प्रमुख ई.अतिउल्लाह मुसलमानले सञ्चार मञ्चलाई जानकारी दिनुभयो । शिलान्यास कार्यक्रम सम्पन्न भए पछि पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरुसंग कुरा गर्दै सभापती खानंले आज गाउं,गाउंमा कालोपत्रे सडक निर्माण हुनु संघयताको प्रमुख देन भएको बताउनुभयो । संघियताको विषयमा अनर्गल दुसप्रचार गर्नु सुनियोजित षडयन्त्र भएको उल्लेख गर्दै सभापति खानले तमाम आन्दोलन र बलिदान पछि प्राप्त संघीय ब्यवस्था माथि खेलवाड गर्नेलाई मधेशी जनताले कुनै हालतमा माफ गर्न नसक्ने बताउनु भयो । सभापति खानंले ,शुक्रबारनै धरहरी मा. वि. जडान गरेको खानेपानी धाराको पनि अनुगमन गर्नुभयो, जुन खानेपानी आयोजना खान द्वारा आफ्नै पहलमा सचालन भएको थियो । शुक्रवारनै सभापती खानले वर्षौ देखि बन्द अवस्थामा रहेको गरुडा चिनि मिलको पनि अनुगमन गर्नुभएको छ । सो अवसरमा स्थानिय विभिन्न सरोकारवालाहरु संग छलफल गर्नुभएको बताइएको छ । कार्यक्रममा स्थानियहरु बाट सभापति खानंलाई फुल मालासहित भब्यस्वागत गरिएको थियो । सभापति खान रौतहट जिल्लाका सम्पूर्ण कार्यक्रमहरु सम्पन्न गरी काठमान्डौ फर्किने कार्यक्रम रहेको । निजि सचिवालय प्रमुख ई.अतिउल्लाह मुसलमानले जानकारी दिनुभयो ।
सम्बन्धित खबर