बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

बुद्धशान्तिमा एकै दिन दुई ठुला योजनाको सिल्लान्यास

बिहिवार, पौष ५, २०८०
झापाको बुद्धशान्ति गाउँपालिकामा एकै दिन दुइ ठुला योजना सिलान्यास भएका छन् । गाउँपालिकाको प्रसाशनीक भवन र ब्यवसायिक भवनको सिलान्यास भएको हो । गाउँपालिकाको प्रसाशनीक भवनका निर्माणका लागि इविडिङ मार्फत चौरीदेउराली–५, काभ्रेपलाञ्चोकको जनआदर्श निर्माण सेवा ले ठेक्का पारेको छ । मुल्य अभिबृद्धि कर र पि एस सहित रु ६ करोड ३६ लाख २१ हजार ६ सय ९६ रुपैयाँ पञ्चानब्बे पैसामा निर्माण हुनलागेको भवन लिफ्टसहित ४ तलाको हुने बताइएको छ । २०८० साल असार १७ गते ठेक्का सम्झौता भएको प्रसासनिक भवनको निर्माण कार्य असोज २४ गते वाट सुभारम्भ भइसकेको छ । २०८२ साल असार ३० गते कार्य सम्पन्न हुने भवन ४४ कोठाको हुनेछ । कम बजेटका बाबजुत पनि बुद्धशान्ति गाउँपालिकाको आफ्नै पहलमा निर्माण कार्य प्रारम्भ भएको प्रसाशनीक भवन एउटै कोठामा २–२ वटा शाखा सञ्चालन गर्नु पर्ने वाध्यताले गर्दा निर्माण गर्न लागिएको गाउँपालिका प्रमूख मनोज प्रसाईले बताउनुभयो । त्यसै गरी बुधवारनै सिलान्यास गरिएको अर्को ब्यवसायिक भवनका लागि पनि इविडिङ् मार्फत मेचिनगर नगरपालिका १, मेचेडाँगीको शान्ति निर्माण सेवाले ठेक्का पारेको छ । २०८० कार्तिक २२ गते सम्झौता भई कार्य सुरु गरेको उक्त आयोजना २०८१ साल चैत्र २१ गते सम्पन्न हुने बताइएको छ । मुल्य अभिबृद्धि कर र पि एस सहित २ करोड ४३ लाख ८० हजार ६ सय १४ रुपैयाँ चार पैसाको लागतमा निर्माण हुने ब्यवसायिक भवन २ तलाको हुनेछ । ५८ वटा कोठाहरु भएको ब्यवसायिक भवन निर्माणका लागि डिजाइन गरिएको छ । भवन निर्माणका दौरानमा नियमित निगरानि सहित निर्माण हुने गाउँपालिका उप प्रमूख भवानी प्रसाद खतिवडाले जानकारी दिनुभयो । बुद्धशान्ति गाउँपालिकाले आफ्नो प्रसाशनीक भवनसँगै बजार ब्यवस्थापन र गाउँपालिकाको आम्दानिसँग जोडिएको ब्यवसायिक भवन निर्माणसँगै भौतिक पूर्वाधारको पक्ष ब्यवस्थित बन्दै गएको छ । आम नागरिकलाई सहज रुपमा सेवा प्रभाह गर्नका लागि बन्न लागेको अपाङ्गमैत्री प्रसाशनीक भवन वाट गाउँपालिकाले ब्यवस्थित कार्य सम्पादन र सुसाशन युक्त गाउँपालिकाको परिचय दिने निश्चित छ । बजारको मुख्य स्थानमा बन्न लागेको ब्यवसायिक भवन वाट गाउँपालिकाको दिर्घकालीन आम्दानीको श्रोत ब्यवस्थित हुने पक्का भएको छ । दुइ वटै योजनाहरु गाउँपालिका प्रमुख साथै उप प्रखुख वाट सिलान्यास भएको थियो । सिलान्यास कार्यक्रममा गाउँपालिकाका वडा अध्यक्षहरु, प्रमुख प्रसाशकीय अधिकृत, इन्जिनियर, कर्मचारी साथै गाउँपालिकाका स्थानिय बुद्धिजिवि ठेक्का प्राप्त कम्पनीका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर