बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

सडक दुर्घटना बढेपछी मगर चोकमा वडाको सहयोगमा युवाहरुले राखे संकेत बोर्ड

मङ्गलवार, पौष ३, २०८०
झापाको अर्जुनधारा नगरपालिका वडा नं. ९ शनिश्चरे-जयपुर सडक खण्डमा पर्ने मगर चोकमा स्थानीय युवाले संकेत बोर्ड राखेका छन् । सडक दुर्घटना बढेपछी वडाको आर्थिक सहयोगमा संकेत बोर्ड राखिएको हो । वडा कार्यालयको रु १४ हजार आर्थिक सहयोग र स्थानीय नागरिकहरुबाट थप आर्थिक सहयोग जुटाएर संकेत बोर्ड स्थापना गरिएको वडा सदस्य केशव थापाले बताउनुभयो । शनिश्चरे-जयपुर सडक खण्ड कालोपत्रे भएसँगै विर्तामोडबाट शनिश्चरे हुँदै बुद्धशान्ति गाउँपालिकामा पर्ने जयपुर, होक्से तथा बुधवारेसम्म पुग्नका लागि यो बाटोको अधिकतम प्रयोग हुने गरेको छ । सडक ब्यवस्थित भएका कारण सवारीको चाप बढेसँगै दुर्घटनाका श्रृङ्खला वढ्न थालेपछि संकेत बोर्डको आवश्यकता रहेको स्थानीयबासीको भनाइ छ । यो बाटोमा अनियन्त्रित गतिमा गाडीहरु गुड्ने गरेको अर्जुनधारा ९ कटहरडाँडाका पुष्प तामाङ बताउनु हुन्छ । गाउँगाउँमा बढेका विकास निर्माणका कामहरुसँगै कालोपत्रे गरेका सडकले यातायात सञ्चालनमा सहजता ल्याए पनि सवारी चालकले सम्यमता नअपनाउँदा विभिन्न समयमा अप्रिय घटनाहरु घट्ने गरेका छन् । अर्जुनधारा नगरपालिका वडा नं. ९ को कार्यालय र मगर चोकका स्थानीय नागरिकहरुको साझा प्रयासमा स्थापना गरिएको संकेत वोर्डका कारण सडक दुर्घटना न्यूनीकरणमा योगदान पुग्ने देखिएको छ ।
सम्बन्धित खबर